मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कसरी उठ्छ `हँसिया`को लगानी ?

फिल्मीखबर, काठमाण्डौ, 2014/04/10

करोडमाथि लगानी दाबी गरिएको फिल्म ‘हँसिया’को आधा लगानी विदेश बजारबाटै उठ्ने भएको छ । निर्देशक मिलन चाम्सले यो हिसाब दिएका हुन् । निर्माता दुर्गा घले र आफ्नो सम्बन्धका कारण बिदेशमा ‘हँसिया’ बिक्री भैरहेको निर्देशक चाम्सले बताए ।

 

निर्देशक चाम्सले दिएको जानकारी अनुसार बेलायत, हङकङ र कोरियामा ‘हँसिया’को शो पक्का भैसकेको छ । बेलायतबाट कम्तीमा ३० लाख हात पर्ने निर्देशकको अनुमान छ । त्यस्तै युकेबाट कम्तीमा ७ लाख, हङकङबाट ४ लाख र कोरियाबाट ७ लाख नेपाली रकम हात पर्ने निर्देशक चाम्सले बताए । उनले भने, ‘अमेरिका लगायत अन्य मुलुकमा पनि फिल्म बेच्नेबारे कुरा भैरहेको छ ।’

 

बिदेशबाट झण्डै आधा लगानी उठाउने बताउने निर्देशक चाम्सले नेपालबाट बाँकी रकम उठाउने बताउँछ । 'पहिलो फिल्म भएको हुनाले होला अलि बढि खर्च गरियो । त्यसैले यो पटक लगानी मात्र उठाउन सके अर्को फिल्मबाट नाफा कमाउने सोच राख्ने छु,' निर्देशक चाम्सले भने, 'दर्शकलाई मनपर्ने फिल्म बनाएको छु । त्यसैले घाटा लाग्छ जस्तो लाग्दैन ।'

 

आउँदो जेठ ९ गते प्रदर्शन हुने फिल्ममा हेमा श्रेष्ठ मूख्य भूमिकामा प्रस्तुत भएकी छिन् । तेक्वान्दोकी थर्ड डन हेमाले ‘हँसिया’मा खतरनाक एक्सनका दृश्य दिएकी छिन् । हेमासँगै अभिनेत्री प्रियंका कार्कीले ‘हँसिया’ आइटम पस्केकी छिन् । फिल्ममा अभिनेता राजेश हमाल, अनुपविक्रम शाहीको मुख्य भूमिका रहेको छ । अप्रिल १९ मा ‘हँसिया’ को युकेमा रेड कार्पेट प्रिमियर हुँदैछ । त्यसका लागि अभिनेता राजेश हमाल त्यसतर्फ जाँदैछन् ।