Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

`मेरो बेष्ट फ्रेण्ड`मा केकी र बिम्लेश : कथाले माग्यो कि बजारले ?

फिल्मीखबर, काठमाण्डौ, 2014/04/08

रामनवमीको अवसर पारेर फिल्म ‘मेरो बेष्ट फ्रेण्ड’को अफिसियल प्रोमो तथा पोस्टर रिलिज गरिएको छ । यसअघि कुनै पनि प्रोमोश्नल प्याकेजमा नदेखिएका कलाकारद्धय केकी अधिकारी र बिम्लेश अधिकारी रिलिज गरिएको प्रोमो तथा पोस्टरमा देखिएका छन् ।

 

प्रदर्शन मिति एक महिना बाँकी रहँदा (बैशाख २६ गते) ‘मेरो बेष्ट फ्रेण्ड’मा झुल्किएका केकी र बिम्लेशलाई कथाले माग्यो कि बजारले ? प्राप्त जानकारीनुसार अभिनेत्री प्रियंका कार्कीले प्रचार प्रसारमा समय दिन नसक्ने भएपछि केकी र बिम्लेशलाई प्रोमोशनल प्याकेजमा अगाडी सारिएको हो ।

 

प्रोमोमा देखाइएअनुसार फिल्ममा केकी कल गर्लको भूमिका छिन् । पहिलो फिल्ममा प्रियंका हट अवतार प्रस्तुत भएकी छिन् । प्रशन्न पौडेल निर्देशित फिल्ममा प्रियंका, केकी र बिम्लेशको साथमा रेश मरठ्ठा, दिवस उप्रेती, किरण लाकौल, पूजा शर्मा लगायतले अभिनय गरेका छन् ।