तीतो सत्यको दीपक र दीपाको जोडी यतिबेला म्यानमारमा छ । त्यहाँ रहेका नेपालीको विशेष निमन्त्रणामा यो जोडी यसै साता म्यानमार पुगेको हो । चैते दशैं तथा रामनवमीको अवरसमा आफ्नो प्रस्तुती दिन दीपक र दीपा म्यानमार पुगेका हुन् ।
.jpg)
पहिलो पटक म्यानमार पुगेका दीपक र दीपा कार्यक्रमको तयारीसँगै घुमघाममा पनि मस्त छन् । रमणीय स्थलसँगै मठ तथा मन्दिरमा यो जोडी रम्दैछ । दीपक र दीपाको घुमघामका केही तस्बिरहरु फिल्मीखबरलाई प्राप्त भएका छन् ।

यो वर्षको सुपरहिट फिल्म पनि ‘छ एकान छ’लाई पनि म्यानमारमा देखाउने प्रक्रिया भैरहेको दीपाले फिल्मीखबरलाई बताइन् । कार्यक्रम सकेर उनीहरु आउँदो अप्रिल १० तारिखमा नेपाल फर्कदैछन् । निर्मल शर्मा गैंडासँग मिलेर दीपक र दीपाले निर्माण गरेको पहिलो फिल्म सुपरहिट भएपछि यो जोडी मिडियामा थप हाइलाइट भयो ।

