‘लोफर’ डेव्यु अभिनेत्री रजनी के.सी यतिबेला दोस्रो फिल्म ‘प्रवास’को छायाँकनमा व्यस्त छिन् । ‘गोर्खा पल्टन’ निर्देशक नारायण रायमाझीले निर्देशन गरिरहेको ‘प्रवास’मा रजनी इन्डियन आइडल अभिनेता प्रशान्त तामाङको अपोजिटमा छिन् ।


‘प्रवास’ युनिट पाल्पाको सुटिङ सकेर हाल काठमाण्डौको दृश्य खिच्न व्यस्त छ । विदेश जानुपर्ने युवापुस्ताको बाध्यता र नेपालमा रहने आफन्तको पिडालाई फिल्ममा मुख्य रुपमा प्रस्तुत गरिने बताइन्छ । प्रशान्त र रजनीसँगै ‘प्रवास’ मा नरेन खड्काको मुख्य भूमिका छ । रजनी र नरेनलाई निर्माता छवि ओझाले ‘प्रवास’ का लागि सिफारिस गरेका थिए ।

