Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विकास वोर्डको विशेष फिल्म नीति फेल

फिल्मीखबर, काठमाण्डौ, 2014/04/07

चलचित्र विकास बोर्डले हरेक बर्ष दिंदै आएको विशेष फिल्मको मान्यताले फेल खाएको छ । विशेष फिल्मको मान्यता विवादमा तानिएपछि विकास वोर्डले यो वर्षको आर्थिक कार्यक्रमबाटै विशेष फिल्मको मान्यतालाई हटाएको छ ।

 

विशेष फिल्मको मान्यता पाएका फिल्मलाई लिएर मिडियाले टिकाटिप्पणी गरेपछि विशेष फिल्मको मान्यलाई स्थगन गरिएको वोर्ड प्रवत्ता अनुपम निर्रौलाले बताए । उनले भने, ‘यो वर्षका लागि मात्रै स्थगित गरिएको हो । दिनुपर्ने माग आए अर्को वर्षको कार्यक्रममा सुचारु गर्न सकिन्छ ।’

 

सेन्सर पास भएका फिल्मलाई तीन सदस्यिय समितिको टोलीले विशेष फिल्मको मान्यता दिने गर्दथ्यो । समितिमा फिल्मकर्मी तुलसी घिमिरे, राजेश गोङगजु र अविनास श्रेष्ठ थिए । वोर्डबाट विशेषको मान्यता पाएका फिल्मले काठमाण्डौका हलमा प्रदर्शनको सहजता पाउनुका साथै केहीले अंग्रेजी सब टाईटलका लागि समेत वोर्डबाट सहुलियत पाएका थिए । तर, धेरै फिल्म निर्माण युनिटले असन्तुष्टी जनाएपछि बिबादमा आएको हो ।

 

‘दसगजा’, ‘कालापानी’, ‘ठेगाना’, ‘मैना’, ‘काठमाण्डु’, 'वर्ल्ड कप इन नेपाल' लगायत अन्य केही फिल्मले वोर्डबाट विशेष फिल्मको मान्यता पाएका थिए । 'वर्ल्ड कप इन नेपाल' फिल्मका निर्माता प्रकाश थापाले भने आफ्नो फिल्मले बिशेश फिल्मको मान्यता पाएर पनि कुनै सुविधा नपाएको बताए । 'कुनै सुबिधा नै नदिने हो भने बिशेष फिल्मको बिल्ला किन भिराउनु ?', निर्माता थापाले असन्तुष्टी पोखे ।

 

राष्ट्रपतिलाई कहिलेसम्म कुर्ने ?

चलचित्र विकास वोर्डले आयोजना गर्ने भनेको राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान कार्यक्रमको मिति अझै तय भएको छैन । पुरस्कार लिने र सम्मान पाउने सबैको नाम तय भएपनि कार्यक्रम किन रोकियो ? वोर्ड प्रवत्ता अनुपम निर्रौलाले राष्ट्रपतिले समय नदिएका कारण पुरस्कार तथा सम्मान कार्यक्रम आयोजना हुन नसकेको जानकारी दिए ।