सार्वजनिक प्रदर्शन भईनसकेको फिल्म 'रेड मनसून'को 'ओर्जिनल साउण्ड ट्र्याक' (ओेसटी) रिलिज गरिएको छ जसमा सारंगी, आरबाजा, नगरा जस्ता बाजाहरुको प्रयोग गरिएको छ ।
लोचन रिजालको शब्द, संगीत तथा स्वर रहेको प्रस्तुत गीत सुनिरहेका गीत भन्दा भिन्न लाग्छ । इलम दिक्षितले निर्देशन गरेको यो फिल्ममा हिमाली दीक्षित, सन्दीप क्षेत्री, सरिता गिरी, सृष्टि घिमिरे, सुदाम सिके लगायत कलाकारको अभिनय रहेको छ ।
करुणा शर्माको कथालाई निर्देशक इलमले नै पटकथा, संवादमा ढालेका हुन् । फिल्मको सम्पादन पनि उनी आफैंले गरेका हुन् । फिल्मलाई ब्रायन एमेरीले खिचेका हुन् भने लगानी अजय उपाध्याय र रुथ मोईको रहेको छ ।
जातीय व्यवस्थामा जकडिएको काठमाडौंका तीन पात्रहरुबीचको त्रिकोणात्मक प्रेमकथा रहेको 'रेड मनसून' किम्फ, फिल्म फेस्टिभल सानजुआन फिल्म फेस्टिभल, कोस्टारिका र मुम्बई फिल्म फेस्टिभलमा सहभागी भइसकेको छ ।

