Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

अमेरिकामा `भिमदत्त` प्रिमियर

फिल्मीखबर, काठमाण्डौ, 2014/04/07

अमेरिकामा नेपाली फिल्म ‘भीमदत्त’को प्रिमियर शो सम्पन्न भएको छ । न्यूयोर्क शहरको सेन्टर सिनेमा हलको रेड कार्पेट सहितको प्रिमियरमा कलाकार, व्यावसायी, समाजसेवी, अधिकारकर्मी, पत्रकारको उपस्थिति रहेको निर्देशक हिमग्याप टासीले बताए ।

 

निर्देशक टासीले नै अमेरिकी प्रिमियरको चाँजोपाँचो मिलाएका थिए । ‘भिमदत्त’ प्रिमियरको लागि निर्देशक र कलाकार श्रीराम पुँडासैनी केही समय अगाडी अमेरिका पुगेका थिए । ‘भिमदत्त’ हेरेपछि सहभागीबाट पाएको प्रतिक्रियाले आगामी दिनमा राम्रो फिल्म निर्देशन गर्न उत्साह मिलेको निर्देशक टासीको प्रतिक्रिया छ ।

 

‘भिमदत्त’ डडेलधुराका किसान नेता भिमदत्त पन्तको जिवनीमा आधारित फिल्म हो । फिल्मको शिर्ष भूमिकामा निर्माता नवल खड्का प्रस्तुत भएका छन् । साथमा अभिनेत्री सुमिना घिमिरे र निशा अधिकारीको मुख्य भूमिका रहेको छ । बिदेशमा हुने च्यारेटी तथा प्रिमियर पश्चात मात्रै नेपालमा सार्वजनिक प्रदर्शन गर्ने निर्माण युनिटको लक्ष्य छ ।