नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा फिल्मकर्मी अशोक शर्माले आफ्नो उमेद्धवारी दर्ता गराएका छन् । अध्यक्षका प्रतिस्पर्धी भाष्करराज कर्णिकर प्यानलका शर्माको उमेद्धवारी वस्तुगत सदस्यतर्फ छ । शर्मा वर्तमान कार्यसमितीका सदस्य पनि हुन् ।
नेपालको आगामी संविधानमा फिल्मकर्मीका एजेन्डालाई सम्बोधन गर्न, गैर अवासीय नेपालीको लगानीलाई फिल्ममा भित्र्याउन र फिल्म क्षेत्रलाई उद्योगको मान्यता दिलाउन पहल गर्ने शर्माको भनाई छ । वाणिज्य महासंघमा फिल्म क्षेत्रको प्रतिनिधित्व गर्ने शर्मा एक्ला उमेद्धवार हुन् ।
शर्माले चुनावी नजिता आफ्नो पक्षमा पर्ने विश्वास फिल्मीखबर समक्ष व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव यही चैत २९ गते सम्पन्न हुँदैछ । के शर्माले चुनाव जित्लान् ?

