अभिनेत्री रेखा थापालाई पनि अभिनेता सविन श्रेष्ठ नै प्यारो लाग्न थालेछ । ‘तिमी भन्दा झनै प्यारो तिम्रो मन मलाई’ भन्दै रेखा डाँडा र तलाउमा रोमान्चित मुद्रामा प्रस्तुत भएकी छिन् ।
सविनले यसै साता फिल्मीखबरसँग रेखा आफ्नो सम्मानजनक प्रेमिका भएको बताएका थिए । सविनले सम्मानित प्रेमीका रहेको बताएपनि रेखाले भने फिल्मको लागि सविनप्रति प्रेम दर्शाएकी हुन् । आउँदो बैशाख २६ गते अल नेपाल प्रदर्शन हुने फिल्म ‘दमदार’को एउटा गीतमा रेखा र सविन रोमान्टिक रुपमा प्रस्तुत भएका छन् ।
सार्वजनिक गीतमा मनिषा पोखरेलले स्वर दिएकी छिन् । संगीत भने ‘दमदार’ निर्देशक कमलकृष्णले नै दिएका छन् । शब्द खुसी पौडेलको छ । सुमन बिष्टको लगानी रहेको ‘दमदार’मा रेखा एक्सन भूमिकामा प्रस्तुत भएकी छिन् ।

