Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२७ बर्षे प्रियंका र ६ बर्षे अनुभव विचको कस्तो प्रेम ?

फिल्मीखबर, काठमाण्डौ, 2014/04/06

प्रेम गर्न उमेरको छेकबार हुँदैन । बिशेषगरी महिला र पुरूष विच हुने प्रेम कहिले कुन बेला कोसँग हुन्छ पत्तो हुँदैन । कतिलाई त आफू प्रेममा परेको हो या हैन बुझ्न सक्दैनन् । यस्तै प्रेम २७ बर्षे अभिनेत्री प्रियंका कार्की र ६ बर्षे बालक अनुभव रेग्मी विच छ ।

 

फिल्म 'नाइ नभन्नु ल २'मा आमा छोराको भूमिकामा देखिन लागेका प्रियंका र अनुभवको सम्बन्ध कस्तो हो ? यि दुबैलाई थाहा छैन । हामीलाई झन् कसरी थाहा होला ? पत्याउन गार्‍हो होला तर सत्य यहि हो कि अनुभव प्रियंकालाई प्रेम गर्छन् । प्रियंकाले पनि गर्छिन् । कस्तो खालको प्रेम  ? न ति अबोध बालकलाई थाहा छ न प्रियंकालाई नै । बस् यि दुई एकअर्कालाई प्रेम गर्छन् ।

 

अचम्मको कुरा, अनुभवले आफू भन्दा २१ बर्ष जेठी प्रियंकालाई दिदी भनेर सम्बोधन गर्दैनन् । के भन्छन् होला त ? अनुभवका पिता अरूण रेग्मीले भने, 'कहिले प्रिया भन्छ कहिले प्रियंका नै भन्छ ।' प्रियंकाले भने अनुभवलाई नामले नै बोलाउने गर्छिन् । फिल्ममा अनुभव र सुज्ञानी भट्टराई विच प्रेम देखाईएको छ । रियलमा भने अनुभवले सुज्ञानीलाई राम्रो साथी मान्छन् ।
 

सुटिङ ताका प्रियंकासँग निकै नजिकिएका अनुभव अहिले पनि उत्तिकै नजिक छन् । तर पहिलाको जस्तो सम्बन्ध अहिले छैन । किन ? अनुभवले भनेका छन्, 'उहाँ व्यस्त हुनुहुन्छ । फोनमा पनि कुरा हुँदैन ।' अनुभवले भ्यालेन्टाईनमा प्रियंकालाई भेट्न पाएनन् । 'फोन पनि आएन,' अनुभव भन्दै थिए ।'

 

प्रियंका स्विकार्छिन्, 'हो, म आजभोली समय दिन पाएको छैन । तर म उसलाई निकै माया गर्छु ।' प्रियंकाले अनुभवलाई आफ्नो मुटुको टुक्रा जत्तिकै मान्छिन् । 'नाइ नभन्नु ल २'को प्रेसमिटमा अनुभवसँगको प्रेम कस्तो हो ? भनि सञ्चारकर्मीले गरेको प्रश्नमा उनी नर्भस भईन् । किन नर्भस भएको ? उनले हाँस्दै भनिन्, 'अब के भनेर उत्तर दिनु त ?'

 

'आवरण' फिल्मको सुटिङबाट नजिकिएका अनुभव र प्रियंकाको प्रेम 'नाइ नभन्नु ल २' सम्म पुग्दा निकै मौलायो । 'नाइ नभन्नु ल २'को सुटिङमा अनुभवले कलाकार सुरज सिंह ठकुरीलाई मन पराउदैन थिए । किन होला ? निर्देशक विकास आचार्यले सुनाए, 'सुरजले प्रियंकालाई श्रीमती भन्दा अनुभवलाई रिस उठ्थ्यो ।' फिल्ममा सुरज र प्रियंका श्रीमान श्रीमतीको भूमिकामा छन् ।