Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

असारमा अनुप र दीयाले लगनगाँठो कस्ने

फिल्मीखबर, काठमाण्डौ, 2014/04/04

निर्देशक अनुप बराल र अभिनेत्री दिया मास्केको लगनगाँठो आउँदो असार महिनामा बाँधिने भएको छ । विगत ७ वर्षदेखि ‘इन रिलेनसिप’मा रहेपनि यसै वर्ष मात्रै अनुप र दियाले आफ्नो सम्बन्धलाई सार्वजनिक गरेका हुन् ।

 

 

जन्मदिनको अवसर पारेर निर्देशक अनुप बरालले अभिनेत्री दिया मास्केसँगको लगनगाँठो कस्ने महिना सार्वजनिक गरे । निर्देशक बरालले आउँदो २०७१ सालको असार महिनामा दियासँग लगन कस्ने योजना रहेको सुनाए । ४४ औं बसन्तमा टेकेका ‘फिटकिरी’ निर्देशक बरालले फिल्मीखबरसँग भने, ‘आउँदो असारमा बिहे गर्ने योजना छ ।’ असार महिना पक्का भएपनि बिहेको मिति भने तय गर्न बाँकी रहेको निर्देशक बरालले बताए ।

 

हिन्दु परम्परा अनुसार सम्पन्न हुने बिहे तडकभडक नगर्ने अनुपको छ । वर्थडे म्यानले भने, ‘आफन्त र सिमित साथी सर्लकसँग बिहे सम्पन्न गर्छौं ।’ बिहे पूर्व अनुपले चार फिल्ममा अभिनय गर्नेछन् । ‘ताण्डव’, ‘जंगे’, ‘प्रताप’ र ‘सुनगाभा’ निर्देशक सुवर्ण थापाको फिल्ममा अनुपको अभिनय रहनेछ ।

 

फिल्मको सुटिङ सकिएपछि उनको व्यस्तता नाटकको निर्देशनतिर मोडिनेछ । ‘बिहेपछि चाहिं फिल्म निर्देशन गर्छु,’ मण्डला नाटक घरको प्राङगनमा अनुपले हाँस्दै भने ।