Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हेमाले हँसिया बोकेर गुण्डा कुट्दा यस्तो देखियो (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/04/04

पछिल्लो केहि महिना यता नेपाली फिल्म क्षेत्रमा प्रेमकथा र कमेडी फिल्मको बर्चश्व देखिएको छ । कति सफल भए कति असफल । पूर्ण एक्सन फिल्मलाई भने दर्शकले अवलोकन गर्न नपाएको लामै समय भएको छ ।


एक्सन फिल्मले दर्शकको ध्यान तान्ने विश्लेषण धेरै गरिन्छ । यहि बिश्लेषण अर्न्तगत जेठ ९ गते रिलिज हुन लागेको एक्सन फिल्म 'हँसिया'लाई दर्शकले रूचाउने अपेक्षा गरिएको छ । आजै सार्वजनिक गरिएको प्रोमोले यहि अपेक्षालाई थप बढावा दिने अनुमान लगाईएको छ ।

 

सामाजिक अपराधको कथा बोकेको फिल्म 'हँसिया'को प्रस्तुत अफिसियल ट्रेलरमा नारीले गरेको द्धन्दलाई प्राथमिकतामा राखिएको छ । देशमा नारी हिंसाको आवाज उठिरहेका बेला अभिनेत्री हेमा श्रेष्ठले गुण्डालाई कुटेको दर्शकले कत्तिको रूचाउलान् ? प्रदर्शन पश्चात थाहा हुनेछ । निर्माण युनिटले फिल्म चल्नुको मुख्य हतियार नै हेमाको द्धन्दलाई लिएको छ ।
 

फिल्ममा सिआईबी अफिसरको भुमिकामा प्रस्तुत भएकी हेमाले ८ महिनाको एक्सन ट्रेनिङ गरेर मात्र फिल्मको सुटिङ ज्वाईन गरेकी थिईन् । मार्सल आर्टको खेलाडी हेमालाई एक्सन सिकाएका राजकुमार उप्रेतीले नै फिल्ममा द्धन्दनिर्देशन गरेका छन् । चाम्स इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको यस फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।

 

फिल्ममा राजेश हमाल, अनुप बिक्रम शाही, बिशाल ढुंगाना, आलोक कार्की, बिजय कुँवर, किरण राई, शिशिर राणाको साथमा बालकलाकार प्रशंशा शाहको समेत अभिनय रहेको छ । दुर्गा घलेको प्रस्तुतीमा सोम श्रेष्ठ र जितेन्द्र चेम्जोङको पनि लगानी रहेको यस फिल्मलाई राजकुमार केसीले खिचेका हुन् ।