Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.00/5.00)
Text size:-
+
-

आर्यनलाई ब्युझाउँने बुटी `नोभेम्बर रेन` !

फिल्मीखबर, काठमाण्डौ, 2014/04/04

प्रदर्शन पुर्व कुनै पनि फिल्मलाई हिट या फल्प भन्नु मुर्खता हुन जान्छ । तरपनि मिडिया प्रचार र प्रचार सामाग्रीमा प्रयोग गरिएका 'कन्टेन्ट'ले भने फिल्म चल्न सक्ने सामान्य अड्कल भने काट्न सकिन्छ ।

 

बैशाख १२ गते प्रदर्शनमा आउने फिल्म ‘नोभेम्वर रेन’ पनि चल्न सक्ने अड्कललाई नकार्न सकिन्न । यो फिल्ममा समावेश गीतले दर्शक तथा श्रोताको ध्यान हलतिर खिच्ने आशा छ । सँगै आर्यन र नम्रताको जोडी पनि दर्शकका लागि हल जाने अर्को कारण बन्न सक्ने अड्कल छ । त्यस्तै सोही मितिमा प्रदर्शन हुने भनिएका फिल्महरूको शून्य प्रचार प्रसारले पनि ‘नोभेम्वर रेन’ लाई फाइदा पुग्ने देखिएको छ ।

 

अभिनेता आर्यन सिग्देललाई बारम्बार फल्प हिरोको ह्याङले भने घच्घच्याइ रहन्छ । व्यवसायिक रुपमा आर्यनका तीन बाहेक अरु सबै फिल्म घाटामा छन् । डेव्यु फिल्म ‘किस्मत’, ‘हिफाजत’ र ‘कसले चोर्यो मेरो’ आर्यन अभिनित सफल फिल्म हुन् । ‘मेरो एउटा साथी छ’ उनको चर्चित फिल्म हो भने ‘कोही मेरो’, ‘के यो माया हो’, ‘आइ एम सरी’, ‘धुवाँ यो नशा’, ‘कलिउड’, ‘महसुश’, ‘मधुमास’ र ‘लोफर’ राम्रो व्यापार गर्ने आशा गरिएर पनि सफल हुन नसकेका फिल्म हुन् ।

 

असफल फिल्मको भारी बोकेर हिडेका अभिनेता सिग्देलका लागि बैशाख १२ गते प्रदर्शन हुने ‘नोभेम्वर रेन’ ब्युझाउँने बुटी बन्ने अड्कल छ । निर्माता समेत भएकाले आर्यनको ‘नोभेम्वर रेन' चल्नु पर्ने बाध्यता छ ।

 

‘नोभेम्वर रेन’ चलेको खण्डमा आर्यनसँगै अभिनेत्री नम्रता श्रेष्ठको लागि पनि लाभदायक हुनेछ । प्रदर्शनमा आएका हालसम्मका फिल्मबाट नम्रताले व्यावसायिक सफलताको राहत पाएकी छैनन् । ‘नोभेम्वर रेन’ ले आर्यन र नम्रतालाई राहत देला ?