Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.67/5.00)
Text size:-
+
-

सिन्धुलीमा `जन्मभूमि`को खोजी

फिल्मीखबर, सिन्धुली, 2014/04/04

सेतै कपडा अनि मैलो शरिर । सिन्धुलीको झाँगाझोली गाउँमा दु:खी अनुहार लगाएर आरनको छेउमा नातीसँग खेल्दै गरेका एक बृद्ध भेटिए । नेपाली दाइको रूपमा चिनिएका ति बृद्ध आरनको छेउमा बसेर जन्मभूमि खोज्दै थिए ।
 

मोहन निरौला यतिखेर काठमाडौं छाडेर गाउँतिर आरान संचालन गरिरहेका छन् । काठमाडौंको धुवाँ धुलोलाई छाडेर यतिखेर सिन्धुलीको झाँगाझोलीमा उनले आरान संचालन सँगै जन्मभूमिप्रति आफ्नो जिम्वेवारी बोध गर्दै देशको माटोको रक्षाका लागि आवाज उठाईरहेका छन् ।


वास्तबमा सिन्धुलीको झाँगाझोलीमा यतिखेर फिल्म 'जन्मभूमि'को छायाँकन कार्य भइरहेको छ । १८ वर्षपछि पुनः 'जन्मभूमि'को निर्देशन गर्दै मोहन निरौलाले राष्ट्रियता र नारी हकअधिकारको पक्षमा वकालत गर्दैछन् । फिल्ममा आफ्नो माटोप्रतिको माया र कर्तव्यलाई बोध गराउन खोजिएको निर्देशक निरौलाले बताए ।

 

फिल्मलाई सुरज गिरीले निर्माण गर्न लागेका हुन् । फिल्ममा विनोद श्रेष्ठ, निष्मा घिमिरे, जेविका कार्की (नव प्रस्तुति), अनु शाह, उत्तम केसी, मोहन निरौला, अग्रीम गिरी (नव प्रस्तुति) लगायतको अभिनय रहेको छ भने बाल कलाकारको रुपमा सौगात विष्टले अभिनय गरिरहेका छन् । फिल्ममा रमेश खड्काको संगीत छ ।