निर्देशक शिव रेग्मी हामीमाझ नरहेपनि उनका सिर्जनाहरू भने सधैं ताजा रहिरहनेछन् । नेपाली फिल्म क्षेत्रलाई अतुलनिय योगदान दिएका यिनै निर्देशकलाई छोटकरीमा प्रस्तुत भिडियो मार्फत स्मरण गर्ने प्रयास गरिएको छ ।
प्रदीप भट्टराईको स्क्रिप्टमा बरिष्ठ फिल्मकर्मी नीर शाहले 'न्यारेशन' गरेर शिव रेग्मीको चर्चा गरेका छन् । यहि चैत्र २८ गते रिलिज हुन लागेको रेग्मी निर्देशित अन्तिम फिल्म 'मनले मनलाई छुन्छ' फिल्म शुरू हुनु पूर्व पनि यो भिडियो बायोग्राफीलाई दर्शकमाझ पुर्याइने जानकारी प्राप्त भएको छ ।

