चैत्र २८ गते रिलिज हुन लागेको फिल्म 'नाइ नभन्नु ल २' निर्माण युनिटले चलचित्र पत्रकार संघलाई आर्थिक सहयोग गर्ने भएको छ । बिहिबार राजधानीमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा निर्माण युनिटले नयाँ कार्यसमितीलाई बधाई तथा शुभकामना दिंदै आर्थिक सहयोग गर्ने बताएको हो ।

राजधानीको बागबजारमा खुल्न लागेको १२२ सिट क्षमताको 'सिटी म्याक्स' हलमा फिल्मले कमाएको रकम मध्येबाट २० प्रतिशत रकम चलचित्र पत्रकार संघलाई दिईने निर्देशक विकास आचार्यले जानकारी गराए । 'एउटा सानो सहयोग होस् भन्ने हेतुले यस्तो निर्णय गरिएको हो,' निर्देशक आचार्यले भने ।
सुबिधासम्पन्न 'सिटी म्याक्स'मा दुईवटा हल हुनेछन् । तत्काल १२३ सिट क्षमताको सञ्चालनमा ल्याइने बताउँदै हल सञ्चालक देबेन्द्र खड्गीले अर्को १३७ सिट क्षमताको हल एक महिना भित्रमा तयार हुने जानकारी गराए । उक्त हलमा फिल्म हेर्न दर्शकले २५० रूपैयाँ खर्चनु पर्ने हुन्छ ।

