फ्लोरमा पुगेर निर्माता शोभित बस्नेतले ‘एउटा साथी’बाट किन हात झिके ? लगानी रिकभर नहुने देखेपछि फ्लोरमा पुगेर आफुले ‘एउटा साथी’बाट हात झिकेको निर्माता बस्नेतले फिल्मीखबरसँगको एक भेटमा खुलाए ।
साउनमा प्रदर्शन गर्ने गरी फिल्म ‘जाऊँ हिंड पोखरा’को सम्पादनमा रेड स्टुडियोमा व्यस्त शोभितले भने, ‘फिल्म बनेर ६० लाख डुबाउनु भन्दा अगाडी नै हात झिकेको राम्रो हुन्छ भनेर ‘एउटा साथी’बाट हात झिकेको हुँ ।’ किन त फ्लोरमा पुगेर हात झिकेको ? भन्ने बारे उनको दाबी छ, ‘बजार भ्यालु हेरेर कलाकारलाई प्रस्तुत गरिएन ।’
‘होस्टेल’ डेव्यु छोरो सलोनलाई माइनस गर्न खोजिएको भन्ने आरोप शोभितले लगाए । उनले थपे, ‘बजार चाहिं सलोनको छ क्यामेरा चाहिं अरु तिर फर्काउने ?’ सञ्चारकर्मी तथा निर्माता लक्ष्मण सुवेदी ‘एउटा साथी’ का डेव्यु निर्देशक हुन् । रकम जुटाउन नसकेर फिल्म छाड्नु भयो रे ? भन्ने प्रश्नमा शोभितको जवाफ छ, ‘रकमको अभाव भएको भए ‘जाऊँ हिंड पोखरा’को सम्पादन कसरी हुन्थ्यो ?’
शोभितले ‘एउटा साथी’ को सुटिङमा आफ्नो ७ लाख खर्च भएको र हिसाब चट् भैसकेपछि खिचिएका दृश्यको हार्ड डिक्स नयाँ निर्मातालाई हस्तान्तरण गर्ने बताए ।

