Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आधी बाटो’ मै सकियो एक करोड

फिल्मीखबर, काठमाण्डौ, 2014/04/03

यो शुक्रबार झन्डै एक करोड लगानीमा निर्माण लागत भएको फिल्म प्रदर्शन हुँदैछ । चैत २१ गते प्रदर्शन हुने फिल्म ‘आधी बाटो’को लगानी एक करोड नजिक पुगेको निर्माता रमेश त्वायनाको दाबी छ ।

 

निर्मता त्वायनाका अनुसार ‘आधी बाटो’ फ्लोरमा महंगो हुन गयो । लण्डन शहर र हिउँ पर्ने क्षेत्र कालिञ्चोकस्थित पुल्चोकी डाँडा र नेपालका विभिन्न क्षेत्रमा ‘आधी बाटो’ छायाँकन गरिएको छ । निर्देशक सविर श्रेष्ठले झन्डै चालिस दिन लगाएर ‘आधी बाटो’लाई खिचेका थिए । निर्माताको झन्डै एक करोड लागत रिकभर गर्न ‘आधी बाटो’ ले प्रदर्शनबाट झन्डै तीन करोड ग्रस कलेक्सन गर्न आवश्यक छ ।

 

‘आधी बाटो’ले सार्वजनिक प्रदर्शनबाट तीन करोड ग्रस कलेक्सन गर्ला ? यसअघि प्रदर्शनमा आएको फिल्म ‘हाँसी देऊ एकफेर’बाट हाँस्न नसकेका निर्माता त्वायना ‘आधी बाटो’बाट हाँस्लान् ? आधी बाटो’मा समावेश सबै गीत हिट भएकाले हलमा दर्शकको भिड लाग्ने अपेक्षा छ । साँगीतिक प्रेमकथाको फिल्ममा यश कुमार, जेनिसा केसी र सविन श्रेष्ठको मुख्य भूमिका छ ।