Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

सलमानका तीन फ्यानको `अलबिदा`

फिल्मीखबर, काठमाण्डौ, 2014/04/01

मित्रता गाँसिने माध्यम हरेकको फरक-फरक हुन सक्छ । नेपाली फिल्म क्षेत्रमा यस्तो मित्रता छ जसको सम्बन्ध बलिउड अभिनेता सलमान खानको फ्यान भएकै कारण अटुट छ ।

 

नेपाली फिल्म क्षेत्रका चक्लेटी अभिनेता आर्यन सिग्देल सलमान खानको 'डाईहार्ट' फ्यान हुन् । सलमानलाई अत्याधिक मन पराउने अर्का अभिनेता हुन्, हसन खान । आर्यन र हसनको मित्रता गाँसिनुको मुख्य माध्यम सलमान खान नै हुन् ।

 

'दुबै जना सलमानको फ्यान भएको थाहा पाएपछि मित्रताको हात अगाडी बढेको हो', मंगलबार आफैले निर्माण गर्न लागेको फिल्म 'अलबिदा'को प्रेसमिटमा फिल्मीखबर समक्ष हसनले रहस्य खुलाए । रियलमा जमेको दोस्ती 'अलबिदा' मार्फत रिलमा पनि जम्दैछ । हो, हसनले निर्माण गर्ने फिल्मका मुख्य पात्र आर्यन नै हुन् ।

 

संयोग नै मान्नुपर्छ, 'अलबिदा'मा अभिनय गर्न लागेकी अभिनेत्री अनिता आचार्य पनि सलमानको 'डाईहार्ट' फ्यान हुन् । अनिता त सलमानको फिल्म हेर्न गार्‍हो मान्छिन् । किन ? उनी भन्छिन्, 'ऊसँग पर्दामा अरू हिरोइनले रोमान्स गरेको मन नै पर्दैन ।' सलमानका दुई फ्यानसँग अनस्क्रिनमा रोमान्स गर्न पाउँदा भने अनिता दंग छिन् ।

 

 

मुस्लिम र हिन्दू समुदायको कथा भन्ने 'अलबिदा'मा अनिताले मुस्लिम समुदायको युवतीको भूमिका निर्वाह गर्दैछिन् भने हसनले मुस्लिम समुदाय र आर्यनले हिन्दू समुदायको प्रतिनिधित्व गर्नेछन् । फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गर्दैछन् ।

 

तारा प्रकाश लिम्बुको संगीत रहने यो फिल्मलाई रामेश्वर कार्कीले खिच्नेछन् । बैशाख महिनाको अन्तिम साताबाट सुटिङ शुरू गर्ने बताईएको यो फिल्मलाई सिराहा, जनकपुर, चितवन, मकवानपुर जस्ता स्थानमा खिचिने छ ।

 

एचआरके प्रोडक्सन हाउसको व्यानरमा निर्माण हुन लागेको यो फिल्मको कथा हसन खानले नै लेखेका हुन् । फिल्ममा अष्ट महर्जनको द्धन्दनिर्देशन तथा विपिन मल्लको सम्पादन रहनेछ ।