Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सकियो `लभ सब`

फिल्मीखबर, काठमाण्डौ, 2014/03/31

कमेडी लभस्टोरी फिल्म 'लभ सब'को झण्डै एक महिनामा सुटिङ सकिएको छ । आइतवार ललितपुरमा फिल्मको अन्तिम टेक लिईयो । काठमाण्डौ, ललितपुर, चरिकोट, मुडे लगाएतका स्थानमा फिल्मलाई खिचिएको छ ।

 


 

सुशिल पोखरेल र नरेन्द्र महर्जनको संयुक्त लगानीमा निर्माण गरिएको फिल्म 'लभ सब'लाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । युवापुस्ताको बाहुल्यता रहेको यो फिल्ममा संयम पुरी, सलोन बस्नेत, शिशिर भण्डारी, करिष्मा श्रेष्ठ, केके अधिकारी, अर्चना राई लगायतको अभिनय हेर्न सकिन्छ ।

 

कृष्ण श्रेष्ठको छायाँकन रहेको यो फिल्मको कथा साम्तेन भुटियाले लेखेका हुन् । फिल्ममा सुजिल कर्माचार्यको संगीत छ भने बिपिन मल्लले सम्पादन गर्नेछन् । फिल्ममा हिमाल केसीले द्धन्दनिर्देशन गरेका छन् ।