Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली फिल्मको विकासमा प्रवासी नेपालीको भूमिका के ? (बुँदा सहित)

फिल्मीखबर, नेदरल्याण्ड, 2014/03/30

गत शनिबार नेदरल्याण्डको हुपडर्फ शहरमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले एक कार्यशालाको आयोजना गर्‍यो । कार्यशालामा 'नेपाली चलचित्रको विकास र प्रबर्द्धनमा लिनुपर्ने ठोस नीति र अन्तराष्ट्रिय बजार विस्तारमा प्रवासी नेपालीको भूमिका' बिषयमा चलचित्र विकास बोर्डका प्रवक्ता अनुपम निरौलाले कार्यपत्र प्रस्तुत गरे ।

 

 

 

 


कार्यपत्रमाथि फिल्मकर्मी नीर शाह, उद्धव पौडेल, अभिनेत्री निशा अधिकारी, डा. म्याथ्यू ह्वाकिन्स, डा. मार्ता रोभिन्सकोभा लगायत कार्यशालामा विभिन्न २४ देशबाट सहभागि  प्रवासी नेपालीहरुबाट कार्यपत्रमाथिको छलफलमा सक्रिय सहभागिता रहेको थियो । अन्तराष्ट्रिय बजार विस्तारमा प्रवासी नेपालीको भूमिका विषयमा कार्यपत्रकमाथि छलफल पश्चात निम्न निष्कर्ष निकालिएको छ ।

 

फिल्म क्षेत्रको विकास तथा प्रवर्धनका लागि अनेकसका सम्भावित कार्यक्षेत्रहरु

• अन्तर्राष्टिय बजार प्रवर्धन सक्रिय संलग्नता

• प्रवासी नेपालीको तथ्याङ्क सहितको बजार प्रवर्धनको योजना निर्माण

• फिल्मको निर्माण तथा सह निर्माणमा सदस्यहरुलाई प्रोत्साहित गर्ने

• फिल्म पर्यटन, गन्तव्य नेपाल अवधारणाको कार्यान्वयनमा सहयोग र समर्थन    

• आउट सोर्सिङमा नेपाललाई हव बनाउने कार्यमा सूचना प्रवाह

• स्थायी प्रकृतिको फिल्म प्रदर्शन सञ्जाल निर्माण

• सांस्कृतिक कार्यक्रम, फिल्म महोत्सव तथा अवार्ड कार्यक्रम आयोजनाको निरन्तरता

• सुविधा सम्पन्न स्टुडियो निर्माणमा सहयोग, समर्थन र संलग्नता

 

अन्तर्राष्ट्रिय बजार विस्तारको सम्भावना तथा विधि:

• गैह्र आवासिय नेपाली संघ संस्थाहरुले दुतावास, वाणिज्य दुतावास, चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड लगायतका निकायहरुसँग समन्वय गरी विश्व बजारमा नेपाली फिल्महरुको गैह्र व्यवसायिक तथा व्यवसायिक प्रदर्शन

• निर्माताको पहलमा केही प्रयासहरु भइ रहेकोमा यसलाई अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज लगायतका गैह्र आवासिय नेपाली संघसंस्थाहरुले संस्थागत स्वरुप दिई नियमित नेपाली फिल्म प्रदर्शनको व्यवस्थापन

• विदेशमा प्रदर्शन गरिने फिल्मको कथावस्तुमा नेपाली समाज, स्व–धरातल र नेपाली मौलिक विषयवस्तुलाई प्रश्रय

• वृत्तचित्रको प्रदर्शनलाई प्राथमिकतामा राख्ने

• अन्तर्राष्टिय बजारमा प्रतिष्पर्धा गर्न सक्ने किसिमका फिल्मको निर्माण

• NFPHR मनोनयन गर्ने व्यवस्था कार्यान्वयन

• विदेशी फिल्म छायाङ्कनका लागि आकर्षित गर्न सूचना प्रवाहलाई बढाउने

• प्रवासी फिल्मकर्मी, संस्कृतिकर्मीहरुको योगदानलाई अनुकुलता प्रदान गर्ने,

• नेपाली फिल्म क्षेत्रलाई असल फिल्म दिन गैह्र आवासिय नेपालीहरुको आर्थिक र शिल्पगत पक्षको यथासक्य सदुपयोग

 

अन्तर्राष्ट्रिय बजार विस्तारमा प्रवासी नेपालीको व्यक्तिगत भूमिका कस्तो हुनुपर्ला:

• अन्तर्राष्ट्रिय सञ्जाल निर्माणमा संलग्नता

• सांस्कृतिक पहिचानसहितका स्वदेशी फिल्मको गैरव्यावसायिक प्रदर्शनका लागि विदेश स्थित नेपाली दूतावाससँगको सहकार्यमा महोत्सवहरूको आयोजनामा संलग्नता

• युुरोप, मध्यपूर्वी एशिया लगायत विदेशमा नेपाली फिल्मको सम्भावित बजार भएकाले त्यसका निम्ति चलचित्र जाँचमा भएको जटिलतालाई सरल वातावरण बनाउन पहल

• नेपाली समुदायको बाक्लो उपस्थिति रहेको अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली फिल्मसम्बन्धी पुरस्कार वितरण तथा महोत्सवहरू आयोजनामा संलग्नता वा त्यस्तो महोत्सव गर्ने संस्थालाई प्रोत्साहन गर्ने

• अन्तर्राष्ट्रिय स्तरमा आयोजना गरिने फिल्म महोत्सवहरूमा नेपाली फिल्महरूको सहभागितालाई बढाउन सहयोग गर्ने

• असल स्वदेशी फिल्मको प्रदर्शन व्यवस्थापनमा सहयोग गर्ने तथा त्यस्ता फिल्मको अवलोकन गर्ने

• फिल्मको समीक्षा गर्ने, सामाजिक सञ्जाल मार्फत फिल्मको विषयवस्तुका सम्बन्धमा वहस गर्ने जसबाट फिल्म अवलोकनका लागि रुची निर्माण

• फिल्मको निर्माण तथा सह निर्माणमा संलग्नता

• वर्ष दिन भरीमा विभिन्न महोत्सव तथा विधाहरुमा पुरस्कृत फिल्महरुको महोत्सव वा विषेश प्रदर्शन आयोजना

 

नेदरल्याण्डमा वरिष्ठ कलाकार नीर शाह र फिल्म निर्माता तथा व्यवसायी उद्धव पौडेलले नेपाली फिल्म क्षेत्रमा पुर्‍याउनु भएको अतुलनीय योगदानको कदर गर्दै सम्मान प्रदान गर्ने तथा सगरमाथाको सफल आरोहण गर्ने अभिनेत्री निशा अधिकारीलाई समेत अदम्य साहसको कदर गर्दै सम्मान गर्ने कार्यक्रम समेत राखिएको छ । यस्तै आजै दोस्रो इनास फिल्म अवार्ड समेत वितरण गरिंदै छ ।