Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

सौगातलाई केकीले नुहाईदिंदा

फिल्मीखबर, काठमाण्डौ, 2014/03/30

शुक्रबार रातभरी जसो हाँडीगाउँस्थित भत्केकोपुल जाने ओरालो बाटो व्यस्त रह्यो । कलाकार, क्यामेरा र लाइटले हाँडीगाउँवासीले सम्भवतः उक्त रात राम्रोसँग निदाउन पाएनन् ।

 

कृत्रिम पानीमा रुज्न अभिनेता सौगात मल्लले झन्डै ५ घण्टा पर्खुनु पर्यो । निर्देशक दिपा बस्नेत छोरो च्यापेरै सुटिङ सेटमा पुगेकी थिइन् । सवारी चाप र स्थानियको भिडले सुटिङ सुरु गर्न ‘श्री ५ अम्बरे’ युनिटलाई हम्मेहम्मे परिरहेको थियो । निर्देशक बस्नेत भन्दै थिइन्, ‘वान टेक ओके गर्नुपर्ने सिन भएर पनि गाह्रो भैरहेको छ ।’

 

पर्खाइ लामो हुँदा अभिनेता मल्ल यताउता टहलिरहेका थिए । अभिनेत्री केकी अधिकारी भने मेकअप कक्षमा बसिरहेकी थिइन् । अवरोधलाई पार गर्दै ‘वान टेक ओके’ सिन खिचियो । आउटडोर पश्चात् फिल्म युनिट इन्डोर सिन खिच्न व्यस्त रह्यो । इन्डोर सुटमा सौगात र केकीले संयुक्त सिन दिए । जहाँ केकीले सौगातलाई वेसिनमा नुहाइदिनु पर्ने सिन थियो ।

 

शुरूमा अलि अफ्ठ्यारो महसुश गरेकी केकीलाई सौगातले सहज बनाईदिए । केकी र सौगातले सुन्दर सिन दिएपछि निर्देशक बस्नेत दंगिईन् । फिल्मको एउटा महत्वपूर्ण सिन रहेको भन्दै उनले भनिन्, 'सोचे भन्दा राम्रो काम पायौं । एकदमै खुसी छु ।' निर्देशक दिपाले यी दुवै सिनबारे थप कुरा नखुलाउन आग्रह गरिन् । अमृत अग्रवाल निर्मित फिल्म ‘श्री ५ अम्बरे’को सुटिङ अझै केही साता काठमाण्डौमा हुनेछ ।