Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`सरी !` भन्दै ढिलो आउनेलाई के भन्ने ?

फिल्मीखबर, काठमाण्डौ, 2014/03/28

कलाकार, कार्यक्रम र ढिलाई फेसन जस्तै हुन थालेका छन् । अभिनेता राजेश हमाल कुनै कार्यक्रममा समयमै पुगे भने त्यहाँ आश्चर्य छाउनु स्वभाविक हुन्छ । कार्यक्रममा ढिलो पुग्नेमा कलाकार शिर्ष स्थानमा पर्न आउँछन् ।

 

 

अभिनेता हमाल भन्दा झन्डै आधा कम उमेरकी हर्षिका श्रेष्ठ फिल्म ‘नागबेली’को प्रेसमिट राजेशलाई बिर्साउने गरी कार्यक्रममा पुगिन् । अभिनेत्री मौसमी मल्लका पुत्र विक्की मल्लसँग हर्षिका कुपन्डोलको कार्यक्रम हलमा कार्यक्रम सकिएपछि पुगेकी थिइन् ।

 

कार्यक्रम एक घण्टा ढिला सुरू हुँदा समेत हिरोइन नआइपुग्दा ‘मसला नै भएन’ भन्दै केही सञ्चारकर्मी ब्याङ्ग्त्मक शैलीमा ठट्टा गर्न नपाउँदै हर्षिका र विक्की ‘सरी’ भन्दै कार्यक्रममा झुल्किएका थिए । शुभकामना मन्तव्य दिदैं गरेका चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रिय हर्षिका र विक्कीको ढिलाइमा कड्किए, ‘सरी भनेर ढिला आउन चाहिं पाइदैन ।’

 

माइक समत्दै हर्षिकाले नयाँ फिल्मको स्क्रिप्ट पढ्न परेकाले ढिला आएको बताइन् भने उनीसँगै झुल्केका विक्कीले भने ट्राफिक जामका कारण ढिला भएको बताए । एकैसाथ आएका दुई जना कलाकारको बाहाना नै दुई थरी । गजब छ बा !