गुन्यू चोली छाँडे मैंले मिनिस्कर्ट लाएँ
रोधी घर छोडे मैंले डिस्कोतिर धाएँ
गाउँ घर छाँडे मैंले शहरतिर झरें
गाउँ घरकी पार्वती म पारु पो भएँ
शहरिया ठिटालाई हुन्छ गार्हो !
अभिनेत्री रीमा विश्वकर्मा यस्तै भन्छिन् । फिल्म 'राहदानी'को आइटम गीतमा रीमाले प्रस्तुत शब्दमाथि आफ्नो बारूले कम्मर मर्काएकी छिन् । करियोग्राफर राजु शाहले रीमाको जवानीलाई मज्जाले देखाउन खोजेका छन् । फिल्म निर्देशक डब्बु क्षत्रीको गीतमा चेतन सापकोटाको संगीत तथा दुर्गा खरेलको स्वर रहेको छ ।
बैदेशिक रोजगारको समस्यामा निर्माण गरिएको फिल्म 'राहदानी'लाई सिनेमनबल इन्टरप्राईजजको दोस्रो प्रस्तुतीमा लक्ष्मीप्रसाद ढकालले निर्माण गरेका हुन् । फिल्ममा अशोक रिजाल, दयाहाङ राई, रुपा खनाल, बिनिता घिमिरे, मोनिका दाहाल, दिनेश दुलाल लगायतको अभिनय छ ।

