Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

बैदेशिक रोजगारीका समस्यालाई विश्वभर देखाईने

फिल्मीखबर, काठमाण्डौ, 2014/03/28

लाखौं नेपालीहरु बैदेशिक रोजगारका लागि खाडी मुलुकमा रहेको बेला बैदेशिक रोजगारका कैयौं बिकराल समस्यालाई फिल्म 'राहदानी'मा उठाईएकोले यो आम नेपालीको फिल्म बन्न पुगेको महिला बालबालिका तथा समाजकल्याण सचिव दिनेशहरि अधिकारीले बताएका छन् ।

 

कवि तथा गीतकार समेत रहेका सचिब अधिकारीले बिहिबार राजधानीमा फिल्म ‘राहदानी’का प्रचार सामग्री (पोस्टर) एवं संगीत सर्वजनिक गर्दै यस्तो धारणा राखेका हुन् । ‘राहदानी’मा कविको रुपमा अभिनय समेत गरेका सचिव अधिकारीले भने, ‘म कविता लेख्ने मान्छे कविकै रुपमा अभिनय गर्न पाउँदा खुसी लागेको छ ।'

 


आफु श्रम सचिव हुँदा बिदेशमा मृत्यु भएका नेपालीको लास नेपाल मगाउन एउटा कोश स्थापना गरेपछि नेपाली कामदारको लास नेपाल मगाउन सजिलो भएको जानकारी गराउँदै अधिकारीले भने, ‘कुनै पनि नेपालीको बिदेशमा मृत्यु नहोस् र मृत्यु भएका नेपालीका पारिवारले अब त्यस्ता समस्या भोग्न नपरोस् भन्ने मेरो चाहना थियो । 'राहदानी'ले पनि सोही समस्यालाई उजागर गरेकोमा खुसी लाग्यो ।’


पूर्व गृहसचिव तथा 'राहदानी'का गीतकार चण्डिप्रसाद श्रेष्ठले बिदेशमा नेपाली कामदारले भोगेको समस्यालाई आफुले गीतमा उतारेको प्रकाश पारे । उनले पनि राहदानीले उठाएको मुद्धालाई स्मरण गराउँदै नेपाली युवाले नेपालमै राजगार पाउनु पर्ने कुरामा जोड दिए ।


बिहिबार 'राहदानी'को दुई ओटा गीत, प्रोमो र प्रचार समाग्री सार्वजनिक गरियो । जसमा अभिनेत्री रीमा विश्वकर्माको एउटा आईटम गीत र एउटा 'स्याड भर्सन'को गीत थियो । चेतन सापकोटा र जुगल डँगोलले संगीत गरेका ती गीतको रचना चण्डिप्रसाद श्रेष्ठ र डब्बु क्षत्रीको रहेको छ । जसमा प्रमोद खरेल र दूर्गा खरेलको स्वर छ । 'राहदानी'मा डा. गोबिन्द कुसुमको शब्दमा निशा देशारको स्वर र बसन्त सापकोटाको संगीत रहेको मारुनी गीत पनि रहेको छ ।

 

'राहदानी'लाई केही महिना मुलुकका विभिन्न स्थानमा विशेष प्रदर्शन पछि मात्र देशव्यापी रिलिज गर्ने जानकारी यसका लेखक निर्देशक डब्बु क्षत्रीले गराए । प्रस्तुतकर्ता लक्ष्मी प्रसाद ढकालले यो फिल्मको लगानी बिदेशबाटै उठाउने दाबी गरे । उनका अनुसार देशका करिब ४० जिल्लामा फिल्मको च्यारिटी गर्ने र बिश्वका दुई दर्जन देशका रिलिज गर्ने सहमतीको अन्तिम तयारी भईरहेको छ । यसको औपचारिक जानकारी आगामी साता गरिने निर्माताले बताए ।

 

दयाहाङ राई, अशोक रिजाल, रुपा खनाल, बिनिता घिमिरे, नविन लम्साल, सृजना सुब्बा, दिनेश दुलाल, मोनिका दाहाल, तेन्जिङ शेर्पा, विधा कार्की, विकाश जोशी, लक्ष्मण बिक्रम बस्नेत, शैलेन्द्र बस्नेत सहितको अभिनय रहेको यो फिल्मको छायाँकार रामशरण उप्रेती हुन् ।