Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(50 votes, avg 1.12/5.00)
Text size:-
+
-

भिसा नपाएपछि इनासको अवार्ड कस्ले उचाल्ने ?

फिल्मीखबर, काठमाण्डौ, 2014/03/27

नेदरल्याण्डमा शनिबार अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले आयोजना गर्न लागेको ‘दोश्रो इनास फिल्म अवार्ड’मा नोमिनेशनमा परेका फिल्मकर्मीको नै उपस्थिती नहुने भएको छ । मनोनयनमा परेका पाँच फिल्मका प्रतिनिधीले नै भिसा नपाएपछि अवार्ड फिक्का देखिने छ ।


अवार्डका लागि मनोनयको जिम्मा नेपाल चलचित्र प्राविधिक संघलाई दिइएको थियो । संघले बर्ष ०६९ ७०बाट उत्कृष्ट पाँच फिल्म 'होस्टेल', 'धन्दा', 'काली', 'साँघुरो' र 'मौन' छनोट गरेको थियो । यहि फिल्मलाई प्रतिनिधित्व गर्दै जान लागेका ‘होस्टेल’ निर्मात्री दुर्गिस थापा, धन्दा’का नायक अर्पण थापा, ‘काली’का निर्देशक सविर श्रेष्ठ, ‘साँघुरो’का निर्माता समिर मैनाली र ‘मौन’ निर्देशक सुरज भुषालले भिजा नपाएका हुन् । 

 

यस्तै अवार्डमा सहभागी हुन जान लागेका प्राबिधिक संघका अध्यक्ष मनोज केसीले पनि नजाने भएका छन् । फिल्मकर्मी निर शाह, नायिका निशा अधिकारी, राप्रपा नेपालका केन्द्रिय सदस्य उद्धव पौडेल लगायत निर्माता राजेश घतानी र सुनिल रावल अवार्डमा सहभागी हुने वुझिएको छ ।

 

सञ्चारमाध्यममा अवार्ड बारे खासै जानकारी नगराईएको सो समारोहमा कस्ले कुन हिसाबले अवार्ड पाउला ? अनि भिसा नपाएर रोकिएपछि अवार्ड कस्ले उचाल्ला ? शनिबारसम्म कुर्नुपर्ने हुन्छ ।