अभिनेता सुवास थापा निर्मित फिल्म ‘विर्खेलाई चिन्छस्’ आउँदो भाद्र २० गते प्रदर्शन हुने भएको छ । मोफसल बाहिरको वितरण जिम्मा एफडि कम्पनीले लिएको जानकारी गराउँदै सुवासले काठमाडौं वितरणको भने टुङ्गो लाग्न बाँकी रहेको जानकारी दिए ।
.jpg)
आफ्नो पहिलो लगानी रहेको फिल्मलाई सोलो रिलिज गराउने कसरतमा सुवास छन् । यो फिल्मलाई र्यापर अराज केशवले पहिलो पटक निर्देशन गरेका हुन् । फिल्मको हाल अन्तिम पोष्ट प्रोडक्सन कार्य चल्दैछ । सामाजिक विषयवस्तुको फिल्ममा निर्माता थापा सहित शिशिर राणा, आयुषा राई लगायतको मुख्य भूमिका छ ।
त्यस्तै फिल्म ‘उत्सव’ जेठ २ मा प्रदर्शन नहुने भएको छ । फिल्मका शिर्ष कलाकार सौगात मल्ल अन्य फिल्मको सुटिङमा व्यस्त भएसँगै उक्त मितिमा फिल्म प्रदर्शन गर्दा प्रचार प्रसार नपुग्ने भन्दै प्रदर्शन मिति सारिएको निर्देशक कुमार भट्टराईले बताए । उनले भने, ‘हल्लाखल्ला नै पुगेको छैन ।’ फिल्मलाई पोष्ट प्रोडक्सनबाट उतारेर दरो प्रचारपछि रिलिज गर्ने निर्देशक भट्टराईको कथन छ ।
सच्याईएको : 'बिर्खेलाई चिन्छस्'को रिलिज डेट भाद्र २० हुनुपर्नेमा असार २० हुन गएकोले सच्याईएको छ । सं

