Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`आधी बाटो` हिरोइनले दुखाईन् निर्माताको टाउको

फिल्मीखबर, काठमाण्डौ, 2014/03/27

रिलिज भईनसकेको फिल्मलाई ‘चल्दैन’ भनिदिएपछि कसको पो कन्पारो तात्दैन र ? आफ्नै कलाकारले फिल्मलाई ‘चल्दैन’ भनेपछि फिल्म ‘आधी बाटो’का निर्माता रमेश त्वयनालाई यतिबेला पर्नु पिर परेको छ ।

 

फिल्म प्रचारको चरम विन्दुमा रहेका निर्माता त्वयनाले एक जम्का भेटमा कुरोको पोको फुकाउँदै गुनासो पोखे । प्रोमोशन प्याकेजमा गतिलो स्थान नदिएको भनेर गुनासो पोख्दै हिडेकी अभिनेत्री अनु शाहले ‘आधी बाटो’ बारे नकारात्मक कुरा काट्दै हिडेपछि निर्माता त्वयनाको टाउको दुख्न पुगेछ ।

 

होली खेल्ने कार्यक्रममा आफ्नै कानमा पर्ने गरी हिरोइनले ‘नचल्ने फिल्मको मलाई प्रचार गर्नु छैन’ भनेपछि रमेश रिसले चुर भएका रहेछन् । ‘नचल्दैको फिल्मलाई चल्दैन भन्ने ?’ रमेश कड्किए ।

 

सविर श्रेष्ठ निर्देशित फिल्ममा जेनिशा केसी, यश कुमार र सविन श्रेष्ठको मुख्य भूमिका रहेको बताउने निर्माता त्वयनाले भने, ‘तीन सिन भूमिका भएकोलाई कसरी प्रचारमा ल्याउनु ?’ चैत २१ गते रिलिज हुने फिल्म चल्यो भने चाहिं अनुले के भन्लिन् ?