हत्तपत्त हिरोइनहरु सार्वजनिक हुँदैनन् । आफैले अभिनय गरेको फिल्मको कार्यक्रममा समेत हिरोइनलाई सहभागी गराउन निर्माता तथा निर्देशकलाई हम्मेहम्मे पर्ने गर्दछ । अभिनेत्री निशा अधिकारी भने यसको अपवाद देखिइन् ।
बंगलादेशमा टी-ट्वान्टी विश्वकप क्रिकेट खेलेर फर्किएको नेपाली क्रिकेट टोलीको सम्मानको लागि फिल्म ‘फिटकिरी’ युनिटले चैत १२ साँझ राखेको प्रेसमिटमा निशा अधिकारी बिना अर्थ सहभागी भइन् । विश्वकप क्रिकेट खेलमा चौका र छक्का हान्ने खेलाडीलाई नगद सहित सम्मान गरिएको उक्त कार्यक्रमा निशाको सहभागीतालाई विभिन्न खाले अड्कल बाजी गरिए ।
निशालाई ‘फिटकिरी’ युनिटले क्रिकेटरको सम्मानमा स्टेजमा बोलाएन । क्रिकेटरसँगको सामुहिक फोटो सेनमा समेत निशा सहभागी भइनन् । न निशाले क्रिकेटरलाई शुभकामना नै दिइन् । आइन्, बसिन् अनि खिस्स हाँसेर निस्किइन् ।
केही दिन पहिले विग मूभिजमा सँगै फिल्म हेर्न पुगेका भनिएका क्रिकेटर शरद भेषवाकरसँग भने निशाले एक झलक हेरेर मुस्कान छाडेकी थिइन् । उनीहरुको यो हेराहेरले कार्यक्रममा सहभागीले ‘स्याल कराउनु र बाख्रो हराउनु’ जस्तै भएको लख काटे ।
क्रिकेटरलाई सम्मान गर्ने कार्यक्रममा बिना कारण निशा किन पुगिन् ? ‘मुखौटा’ हिरोइनको कतै हल्ला चले जस्तै क्रिकेटर भेषवाकरसँग इलुइलु त चल्दै छैन ? चलेकै हो भने पनि आफ्नो कुनै भूमिका नरहेको कार्यक्रममा पछि लाग्दै हिड्नु पर्छ र निशाजी ? ![]()

