Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ढुकुटी काण्डमा को-को फसे ?

फिल्मीखबर, काठमाण्डौ, 2014/03/27

चैत १३ गते प्रकाशित साप्ताहिक ‘शुक्रबार’ पत्रिकाले ढुकुटी लेनदेनमा फसेका र फसाईएको व्यक्तिबारे एक खोजमुलक समाचार तयार गरेको छ । जहाँ नेपाली फिल्म जगतका चर्चित अनुहारको नाम उल्लेख छ ।

 

धनबहादुर खड्काले तयार गरेको उक्त खोजमुलक ‘आत्मघाती ढुकुटी’ शिर्षकको समाचारमा अभिनेत्री अभिनेत्री ऋचा मिमिरे र निर्देशक शंकर घिमिरे ढुकुटीकै कारण विदेशिएको उल्लेख छ । हाल अमेरिकामा रहेका घिमिरे दम्पतीबाट एक दर्जन बढी मानिस पीडित भएको बताइन्छ । घिमिरे दम्पतीबाट ठगिनेमा अभिनेत्री तथा मोडल रमिला अधिकारी र चुच्चेपाटीमा ब्यटीपार्लर सञ्चालक चुनु थापा लगायत छन् ।

 

निर्देशक शोभित बस्नेतको फिल्म ‘प्लान’मा सानो भूमिका निभाएका ध्रुब न्यौपानेबाट पनि धेरै व्यक्ति पीडित भएको उल्लेख छ । एक समय नयाँ बानेश्वरको रोजमेरी क्याफे सञ्चालन गर्ने ध्रुबको लेनदेनमा अभिनेत्री रेखा थापादेखि एभरेष्ट बैंकका कर्मचारी समेत बसेको बताइन्छ । रेखा र एभरेष्ट बैंकका कर्मचारीदेखि अभिनेत्री दिपाश्री निर्रौला, रेजिना उप्रेती, निर्मात्री कविता श्रेष्ठ लगायत ध्रुबसँगको लेनदेनबाट पीडित छन् । ध्रुब अहिले सम्पर्कमा छैनन् ।

 

ढुकुटी काण्डमा लोक दोहोरी गायक यम क्षेत्री पनि फसेका छन् । उनीसँगको लेनदेनमा हालसालै अमेरिकामा छोरीलाई जन्म दिएकी गायिका निशा सुनारदेखि गीतकार शिव हमाल, वसन्त थापा, दोहोरी गायक रामजी खाँड लगायत पीडित छन् । अर्का लोक गीतका सर्जक कर्ण चापागाइँको जीवन पनि ढुकुटीकै कारण बर्बाद भएको शुक्रबार पत्रिकामा उल्लेख छ ।

 

त्यस्तै ‘वनको काफल वनकै चरीलाई’ गीत गाएर चर्चित बनेकी सृजना बिरही थापा ढुकुटीकै कारण बदनाम भएकी छिन् । ढुकुटीसँगकै लेनदेन बिग्रिएपछि अन्यत्रको कारोबार पनि फसेको बताइन्छ । यि बाहेक पनि धेरै फिल्मकर्मी तथा सर्जकहरू ढुकुटी काण्डबाट पीडित भएको बताईन्छ ।