यतिबेला अभिनेत्री सुष्मा कार्कीको फिल्ममा व्यस्तता ह्वात्तै घटेको छ । उनी अभिनित वोल्ड दृश्य र संवाद पस्किएका फिल्मले समेत व्यापारमा हावा खाएपछि ‘उध्रेको चोली’ आइटम गर्ललाई फिल्मबाट विश्राम मिलेको हो ।
फिल्मबाट पाएको फुर्सदलाई सदुपयोग गर्दै सुष्माले भ्यालेनटाइन डेको दिन जन्मदिनको अवसर पार्दै आफ्नै लगानीमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएको खबर बाहिर ल्याइन् । रेष्टुरेन्ट मालिक भएपनि उनले आफु फिल्मबाट टाढा भने नरहने बताएकी थिइन् ।
सुष्माको नजिक निर्माता तथा निर्देशक भने पुगेको खबर छैन । उनको नजिक पुगेका निर्माता निर्देशक पनि फिल्ममा काम गर्नका लागि कुरो पक्का नगरी फर्किएको भर्खर कोरिया पुगेर फर्किएकी सुष्माले बताइन् । किन त ? फिल्मीखबरसँग उनले भनिन्, ‘कुरो पैसामै अड्किएको छ ।’
बजेटमा आएर रोकिएका निर्माता निर्देशकले पुनः सम्पर्क नगरेको उनले बताइन् । कति माग्नु भएको थियो र ? सुष्माले हास्दै भनिन्, ‘दिएकै छैन, के भन्नु ? दिएपछि भन्छु नि ल !’ तीन वटा जति फिल्म बजेटकै कारण ‘ओके’ नभएको उनले दाबी गरिन् ।
पर्दामा वोल्ड भएर प्रस्तुत हुने सुष्माले ‘बजेट’ कै कारण फिल्म रोकिन् या निर्माता निर्देशक उनको नजिक जानै रोकिए । हाम्रा हिरोइनका कुरा कसरी सजिलै पत्याउने ?

