Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 2.25/5.00)
Text size:-
+
-

`रानीमहल`मा दिलिप रायमाझी

फिल्मीखबर, काठमाण्डौ, 2014/03/26

‘रानीमहल’ नामक फिल्ममा अभिनेता दिलिप रायमाझी शिर्ष भूमिकामा देखिने भएका छन् । ‘मिस यू’ पछि दिलिप यस फिल्ममा शिर्ष भूमिकामा देखिदैछन् । यही चैत १५ गतेदेखि छायाँकन प्रारम्भ हुने फिल्मका मनोज श्रेष्ठ हुन् ।


झन्डै ६ महिना पाल्पाको लुङ भन्ने दलित बस्तीको अनुसन्धान पछि फिल्म निर्माण गर्न लागिएको निर्देशक श्रेष्ठले बताए । उनले भने, ‘अन्र्तरजातिय विवाह र विधुवा महिलाले भोग्नु पर्ने सामाजिक समस्यालाई फिल्ममा उतार्न खोजेका छौं ।’ चार वर्षअघि सम्पन्न 'घिन्ताङ' नामक शोमा उत्कृष्ट भएकी सोनु घिमिरेलाई निर्देशकले ‘रानी महल’ मा डेव्यु गराउँदैछन् । फिल्मको पूरै छायाँको लुङ बस्ती र रानीमहल परिसरमा गरिनेछ ।


गिरीप्रसाद सुनार निर्मित यस फिल्ममा दिपक परियारको छायाँकन रहनेछ । विकास चौधरी ‘रानीमहल’ का संगीतकार हुन् । हिमाल केसीको द्धन्द्ध निर्देशन रहेको फिल्ममा विवेक थापाले नृत्य निर्देशन गर्दैछन् । कथा मन बहादुर घिमिरेको हो ।