Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गसिप : रेखा लुकाउने पप्पु देखाउने

फिल्मीखबर, काठमाण्डौ, 2014/03/25

आलोचना नै किन नहोस् ? गत वर्षको शिवरात्रीमा अभिनेत्री रेखा थापासँग गाँजा तानेको तस्बिर सार्वजनिक भएपछि चलचित्र विकास वोर्डका अध्यक्ष धर्मेन्द्र मोरवैता उर्फ पप्पु पनि रंग पत्रकारिताका सेलिब्रेटी बन्न पुगे । उसो त अभिनेत्री थापाले नै आँखा लगाएको विकास वोर्डको अध्यक्ष पद पाउँदा पनि पप्पु एक खालको सेलिव्रेटी भैसकेकका थिए ।

 

 

भोजपुरी भाषामा निर्माण हुने एकाध फिल्मका कलाकार समेत रहेका वोर्ड अध्यक्ष पप्पु एक सय बढी फिल्म खेलेकी रेखा थापासँग यसरी नजिकिएकी फिल्म नगरीमा यी दुईको दोस्तीलाई लिएर विभिन्न खाले टिका टिप्पणी समेत भए । आफुले ताकेको कुर्सी पड्काएका पप्पुसँग रेखा किन नजिकिइन् ? कुरोको चुरो के हो ? उनीहरुलाई नै थाहा होला । तर, फिल्म बजारमा भने रेखा र पप्पुको निकटता फिल्म निर्माणमा समेत पुगेको चर्चा छ ।

 

बजारिया हल्लानुसार रेखा फिल्मस्को निर्माणाधिन फिल्म ‘हिम्तवाली’मा पप्पुले मोटो रकम लगानी गरेका छन् । हल्लालाई पुष्टि गर्ने गरी स्वयम् पप्पुले नै घुमाउरो पाराले ‘हिम्मतवाली’मा आफ्नो लगानी रहेको अभिव्यक्ती एक जम्काभेटमा दिएका थिए । ‘हिम्मतवाली’मा आफ्नो लगानी रहेको रहस्य पप्पुले देखाउन चाहेपनि अभिनेत्री थापाले भने लुकाउन चाहेकी छिन् ।

 

महेन्द्रनगरको सुटिङ सेटमा पुगेर निर्देशक भएकी रेखाले भनिन्, ‘कालीमा पनि त पप्पुको लगानी छ भन्ने हल्ला थियो नि ! ‘हिम्मतवाली’ नितान्त रेखा थापाको फिल्म हो ।’ फिल्ममा लगानी गरेको बारे पप्पु देखाउन खोज्ने, रेखा लुकाउन खोज्ने । देखाउने र लुकाउनेको कुरो के हो ? कसले बुझ्ने ?