Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`कवड्डी`लाई रोक्ने `फिटकिरी` !

फिल्मीखबर, काठमाण्डौ, 2014/03/25

यो वर्ष फिल्म भन्दा पनि फिल्मका प्रचार प्रसार धेरै चले । प्रचार प्रसारलाई जोड दिइएका फिल्म मध्ये कुनै चले कुनै चलेनन् । वैशाख १२ गते ‘कवड्डी’ फिल्म चल्ने मिति आइसक्यो तर प्रचार प्रसार भने चलेको छैन । किन त ?

 

प्रदर्शनरत फिल्म ‘फिटकिरी’को व्यापारलाई असर पर्न सक्ने हुनाले ‘कवड्डी’को प्रचार प्रसारमा तत्काललाई तत्परता नदेखाइएको ‘कवड्डी’ निर्माण गर्ने ब्ल्याक हर्स पिक्चर्सका मालिक तथा फिल्मका कलाकार निश्चल बस्नेतले बताए । उनले भने, ‘फिल्म क्षेत्र सानो छ । एकले अर्कालाई सहयोग गर्नुपर्छ भनेर ‘फिटकिरी’ पछि ‘कवड्डी’को प्रचार थाल्ने नीति अपनाएका हौं ।’

 

गत शुक्रबार प्रदर्शनमा आएको ‘फिटकिरी’ फिल्मले मल्टिप्लेक्स स्टेशनमा मध्यम व्यापार गरिरहेको छ । रंगकर्मी अनुप बरालको पहिलो निर्देशकिय फिल्मले मिश्रित खालको प्रतिक्रिया बटुलिरहेको छ ।

 

यसै सातादेखि ‘कवड्डी’को फेसबुक फ्यान पेजमा क्विज सुरु भएको जानकारी दिदैं निश्चले विश्वस्त सुनिए, ‘एक महिना फिल्मको प्रचार गरे कसो नपुग्ला र ?’ पुग्छ या पुग्दैन फिल्म रिलिजपछि नै थाहा होला । 'कवड्डी’को अमेरिका, अष्ट्रेलिया तथा युकेमा बिक्री भैसकेको जानकारी ‘लुट’ निर्देशक बस्नेतले दिए । उनी सहित दयाहाङ राई, रिस्मा गुरुङ लगायतको मुख्य भूमिका रहेको राम बाबु गुरुङ निर्देशित ‘कवड्डी’को पचास प्रतिशत लगानी विदेश बिक्रीबाट उठाउने लक्ष्य रहेको निश्चल अनुमान लगाउँछन् ।