Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 5.00/5.00)
Text size:-
+
-

यसरी हुन्छ फिल्मको प्रचार ?

फिल्मीखबर, काठमाण्डौ, 2014/03/25

‘हाइप’ पुगेन भन्दै चैत १४ को प्रदर्शन मिति सारेर वैशाख १२ गते पुर्याइएको फिल्म ‘नोभेम्वर रेन’को 'हाइप' पुग्नुपर्ने ठाउँमा भने पुग्न सकेको छैन । सञ्चार माध्यमसँगको सम्पर्कमा हुनुपर्ने निर्माण युनिट नै छरिएपछि ‘नोभेम्वर रेन’ को चल्नुपर्ने जति चर्चा नचलेको हो ।

 

दर्शकसँग प्रत्यक्ष पुग्न सक्ने ‘नोभेम्वर रेन’का मुख्य दुई कलाकार आर्यन सिग्देल र नम्रता श्रेष्ठ यतिबेला फिल्मको सुटिङमा व्यस्त छन् । आर्यन पोखरातिर ‘नाइके’ बन्दैछन् भने नम्रतालाई र्यापर लाउरेसँग ‘ताण्डव’ मच्याउँदैमा फुर्सद छैन । निर्माता सुवास गिरी मलेसियामै अल्झिएका छन् । सुवास नेपाल फर्कन अझै एक साता लाग्ने बताइन्छ ।

 

चैत १४ को प्रदर्शन मिति सारेपछि फिल्मको प्रचार प्रसार ‘बबाल’ गर्छु भनेका निर्देशक दिनेश राउत ‘नोभेम्वर रेन’ को मिक्सिङमै व्यस्त छन् । पोष्ट प्रोडक्सनबाट फिल्म बाहिर आउन अझै केही दिन लाग्नेछ । ‘नाभेम्वर रेन’ नै पहिलो र अन्तिम फिल्म हो भन्ने छुल्ठिम गुरुङ पनि आफ्नै धुनमा छिन् । कलाकार सुटिङमा, निर्माता विदेशमा अनि निर्देशक स्टुडियोमा । अनि कसरी हुन्छ फिल्मको प्रचार ?