Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मारधाँडपछि गाना बजानातिर `नाईके`

फिल्मीखबर, पोखरा, 2014/03/24

पोखरामा सुटिङ भैरहेको नेपाली फिल्म 'नाईके'को छायाँकन अन्तिम चरणमा पुगेको छ । यतिबेला 'नाईके' युनिटले पोखराका विभिन्न लोकेशनमा धमाधम गीतहरु छायाँकन गरिरहेको छ ।



ग्याङस्टारहरुको कथा बोकेको यो फिल्ममा नाईकेको रुपमा आर्यन सिग्देल देखिँदैछन् । शनिबार पोखरास्थित दिप हाउजिङ परिसरमा नायिका सुरविना कार्कीसंग कम्मर मर्काईरहेको अवस्थामा भेटिएका आर्यनले फिल्मबाट आफुले निकै आशा गरेको बताए । ‘मैले यो फिल्ममार्फत फरक रुपमा दर्शकसामु प्रस्तुत हुँदैछु,’ सिग्देलले भने–‘त्यसैले मेहेनत बढि गर्नुपरेको छ ।’



नेत्र गुरुङले निर्देशन गरिरहेको फिल्ममा रेम बिक, बोधराज रेग्मी, विजयराज सेन्चुरी, सारिका केसी लगाएतका कलाकारहरुले समेत अभिनय गरेका छन् । ‘अहिलेको बजारले डिमान्ड गरेअनुरुप मैले फिल्मलाई पस्किन खोजेको छु,’ निर्देशक गुरुङले भने–‘यो फिल्मबाट दर्शकले मज्जाले मनोरञ्जन प्राप्त गर्नुहुनेछ ।’ फिल्मको द्वन्द र नृत्यमा पनि भिन्न प्रयोग भएको यसको निर्माणपक्षले जनाएको छ ।

 

 

नृत्यको छायाँकनको क्रममा भेटिएको कोरियोग्राफर रोहन नेपालीले मुलधारका नेपाली फिल्मभन्दा भिन्न तरिकाले नृत्यलाई प्रस्तुत गरिएको दाबी गरे । फिल्मको द्वन्द निर्देशक भने सानुकुमार महर्जन हुन् । ब्ल्याक स्याडो प्रोडक्शनको ब्यानरमा बनेको फिल्मलाई अर्जुन तिवारीले छायाँकन गरिरहेका छन् भने फिल्ममा योगेश काजी, ताराप्रकाश  लिम्बु र रमण गायकले संगीत दिएका छन् । विष्णु हमाल कार्यकारी निर्माता रहेको फिल्ममा नारायण खनाल, जगदीश खनाल, आनन्द  क्षेत्री, संगीत पराजुली र रेशा गुरुङले लगानी गरेका हुन् ।