निर्देशक दीपा बस्नेतले फिल्म ‘श्री ५ अम्बरे’को सुटिङ सुरु गरेकी छिन् । सोमबारबाट बुढानिलकण्ठस्थित मह स्टुडियोबाट ५ महिने छोरो च्याप्दै दीपाले ‘अन्तराल’ पछिको आफ्नो दोस्रो निर्देशकिय फिल्म ‘श्री ५ अम्बरे’को सुटिङ सुरु गरेकी हुन् ।
.jpg)
.jpg)
‘श्री ५ अम्बरे’ का लागि अभिनेता सौगात मल्ल र अभिनेत्री प्रियंका कार्कीले पहिलो टेक दिए । छोरो ज्ञानी भएकाले काम गर्न कुनै अप्ठ्यारो नभएको प्रतिक्रिया निर्देशक बस्नेतको छ । अभिमन्यू निरवीको लेखन रहेको ‘श्री ५ अम्बरे’लाई गणेश कुमार श्रेष्ठले खिच्दैछन् । काठमाण्डौ फेरीफेरीमा छायाँकन हुने सामाजिक कथावस्तु बोकेको ‘श्री ५ अम्बरे’ मा सौगात मल्ल र केकी अधिकारीको मुख्य भूमिका छ ।
.jpg)
.jpg)
बसन्त सापकोटा, कालिप्रसाद रिजाल, बावु बोगटी र यम वुद्धको संगीत रहेको फिल्ममा योगेन्द्र श्रेष्ठले द्धन्द्ध निर्देशन गर्नेछन् । ‘श्री ५ अम्बरे’लाई ट्रियु इन्टरटेनर्स र जीवनसाथी फिल्मस्ले संयुक्त रुपमा लगानी गर्दैछन् ।

