बलिउड अभिनेत्री सन्नी लियोन नेपाल घुमघाममा व्यस्त छिन् । युवा उद्यमीहरुको निमन्त्रणामा चैत ९ गते आईतबार नेपाल आइपुगेकी पोर्न स्टार सन्नी काठमाडौंको स्वयम्भू मन्दिरमा दर्शन गर्न पुगेकी छिन् ।

पती डेनियल वेभरसँग स्वयम्भू पुगेको तस्बिर सार्वजनिक गर्दै उनले ट्वीटरमा नेपाल सुन्दर देश भनेकी छिन् । नेपाल आएपछि पहिलो पटक ट्वीटरमा फोटो सार्वजनिक गर्दै सन्नीले लेखेकी छिन्, ‘नेपाल निक्कै सुन्दरमय छ । यहाँका दृश्य अवलोकन गर्दा निक्कै रमाइलो लागिरहेको छ ।’
सन्नी अभिनित ‘रागिनी एमएमएस २’ को नेपाल वितरण जिम्मा लिएको दर्शना आर्टस्ले उनलाई नेपाली पत्रकार समक्ष उभ्याउने प्रयास गरिरहेको छ । सिइओ सुरेश दर्पण पोखरेलले सन्नीसँगको प्रेसमिट बारे लवी भैरहेको बताए । सोल्टीमोडस्थित सोल्टी क्राउन प्लाजामा बसिरहेकी सन्नी आजै साँझ मुम्बईतर्फ उड्ने खबर छ ।

