Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 2.00/5.00)
Text size:-
+
-

हमालजी कहिले सुध्रिने ?

फिल्मीखबर, काठमाण्डौ, 2014/03/24

नेपाली फिल्म क्षेत्रमा अभिनेता राजेश हमालको जस्तो व्यक्तित्व विरलै पाइन्छ । व्यक्तित्वका धनी यिनै अविवाहित अभिनेता हमालको एउटा बानीबाट भने रजतपटका सबैजसो फिल्मकर्मी तथा सञ्चारकर्मी हैरानीमा छन् ।

 

अभिनेता हमालको हैरानीबाट फिल्म ‘हँसिया’का निर्माता तथा निर्देशकले पनि छुटकारा पाएनन् । चैत ९ गते गरिएको ‘हँसिया’ फिल्मको कार्यक्रममा राजेश डेढ घण्टा ढिलो पुग्दा निर्देशक मिलन चाम्स र निर्माता दुर्गा घलेलाई पर्नु पिर पर्यो । ३ बजे भनिएको प्रेसमिटमा राजेश करिब साढे चार बजे दरबारमार्गको मधुशाला रेष्टुरेन्टमा पुगेका थिए । कार्यक्रममा उनी किन ढिला पुगे ? उनले कारण खुलाउन आवश्यक ठानेनन् ।

 

 

ढिला गरी पुगेका राजेश गायक राजेश पायल राईसँग भेट्नासाथ हल्ला गर्नमै व्यस्त रहे । करिब ५ मिनेट जति माइकमा ‘हँसिया’ फिल्मबारे बोलेका उनी ड्यासमा झण्डै २० मिनेट लगातार गफ चुट्न व्यस्त रहे । गायक राजेशसँग मोबाइलमा के-के हेरे कुन्नी ? दुई जना मज्जाले हाँसे पनि । उनीहरूको छेउमा बस्ने अतिथीले भने झिझो मानेको प्रस्ट झक्लिन्थ्यो ।

 

 

अविवाहित दुई राजेशको हल्लालाई कसैले पनि किन हल्ला गरेको भन्ने आँट गरेनन् । 'ढिला आउने अनि हल्ला गर्ने', हामीले चाहिं भनिदियौं है । पछिल्लो समय स्क्रिप्ट हेरेर आफ्नो फिल्मको भूमिका छान्ने बानी बसालेका हमालको ढिला गरी कार्यक्रममा पुग्ने बानी कहिले सुध्रिएला ?