एक्सन प्रधान फिल्म 'हँसिया'मा निर्देशक मिलन चाम्सले आइटम गीतलाई पनि एक्सन शैलीमा प्रस्तुत गरेको बताएका थिए । सोही एक्सन आइटम गीत रिलिज गरिएको छ जहाँ फिल्मकी मुख्य पात्र हेमा श्रेष्ठलाई अतिथी भूमिकामा प्रियंका कार्कीले साथ दिएकी छिन् ।
निलम आङ्बुहाङ राईको शब्द तथा कल्याण सिंहको संगीत रहेको आइटम गीतमा शिवानी मोक्तानको स्वर छ । बालाजुस्थित एनएफडिसीको भव्य सुटिङ सेटमा १० लाख भन्दा बढि खर्च गरेर तयार पारिएको बताईएको यो गीतको करियोग्राफी रेनशा राईले गरेकी हुन् ।
दुर्गा घलेले निर्माण गरेको यो फिल्ममा हेमाको साथमा राजेश हमाल र अनुप बिक्रम शाहीको मुख्य भूमिका रहेको छ । सोम श्रेष्ठ र जितेन्द्र चेम्जोङको समेत लगानी रहेको यो फिल्मका छायाँकार रामकुमार केसी हुन् । अनुप सापकोटाको लेखन तथा राजकुमार उप्रेतीको द्धन्दनिर्देशन रहेको यो फिल्मलाई दर्शना आर्ट्सले जेष्ठ ९ गते देशभर एकसाथ रिलिज गर्दैछ ।

