Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

यमवुद्धसँग प्रियंकाले गाइन् गीत

फिल्मीखबर, काठमाण्डौ, 2014/03/21

प्रियंका कार्कीको परिचय अब अभिनेत्रीमा मात्रै सिमित रहेन । फिल्म गीतको लागि आफ्नो स्वर रेकर्ड गराएर प्रियंकाले आफ्नो परिचय फराकिलो बनाएकी छिन् । आफु अभिनित फिल्म ‘आवरण’को शिर्ष गीतमा प्रियंकाले आफ्नो स्वर रेकर्ड गराएकी हुन् ।

 

चर्चित र्यापर यामवुद्धसँग ‘छोपिएको सत्य...’ बोलको गीतमा चैत ७ गते क्षेत्रपाटीस्थित रेञ्ज स्टुडियोमा प्रियंकाले फाइनल गीत रेकर्ड गराइन् । प्रियंका र यमवुद्धले गाएको यस गीतमा शैलेन्द्र सिंह र शैलेन्द्र श्रेष्ठको संयुक्त शब्द तथा संगीत छ । यमवुद्धले आफ्नो भागमा परेका गीतको शब्द आफैले लेखेका हुन् । चैत ७ मै यसको भिडियो छायाँकन गरिदैंछ । भिडियोमा प्रियंकासँगै यमवुद्ध पनि देखिनेछन् ।

 

पहिलो पटक फिल्ममा आफ्नो स्वर रेकर्ड गराउँदाको अनुभव साट्दै प्रियंकाले फिल्मीखरबसँग भनिन्, ‘सुरुमा नर्भस भएँ । शब्दहरु स्पष्टसँग उच्चारण भैरहेपनि मेरो स्वर कापिरहेको थियो ।’ उनले गीत गाउनु आफ्नो सानै देखिको सौख रहेको सुनाइन् । प्रावि तहमा पढ्दा भोकल सम्बन्धि कक्षा समेत लिएकी प्रियंका भन्छिन्, ‘मैंले खेलाची गरेर फिल्ममा गीत गाएको हैन । अभिनय जस्तै गीतमा पनि मैले राम्रो गर्न सक्दो मिहेनत गरेको छु ।’

 

निर्देशक सुवास कोइरालाले पनि प्रियंकाको स्वर राम्रो सुनिएर ‘आवरण’मा गाउन लगाएको बताए । चैत ८ गते शनिबार ‘आवरण’को प्रोमो सार्वजनिक कार्यक्रमको तयारीमा जुटेका निर्देशक कोइरालाले भने, ‘प्रियंकाको मिठो स्वरसँगै फिल्मको पनि पब्लिसिटी होस् भनेर फिल्ममा उनको स्वर रेकर्ड गराइएको हो ।’

 

जेठ २ गतेबाट अल नेपाल प्रदर्शनमा आउने ‘आवरण’को प्रियंका र यमवुद्धले गाएको उक्त गीतको भिडियो भने केही महिनापछि रिलिज गर्ने निर्देशक कोइरालाले बताए । फिल्मलाई अनिल योञ्जनले निर्माण गरेका हुन् ।