यहि चैत्र २१ गते रिलिज हुने सांगीतिक फिल्म 'आधी बाटो' यतिबेला प्रचार प्रसारको द्रुत गतिमा छ । दर्शकलाई ध्यानाकर्षण गर्न निर्माण युनिटले फिल्मको नयाँ प्रोमो रिलिज गरेको छ ।
रमेश त्वायनाको निर्माणमा सबिर श्रेष्ठले निर्देशन गरेको 'आधी बाटो'मा यश कुमार, जेनिशा केसी, सबिन श्रेष्ठ र अनु शाहको मुख्य भूमिका छ । सुरेश अधिकारी र यश कुमारको संगीत रहेको यो फिल्मलाई आशलाग्दो रूपमा हेरिएको छ ।

