Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

चलचित्र पत्रकार संघको अध्यक्षमा शान्तिप्रिय विजयी (नयाँ कार्यसमितीको सूची सहित)

फिल्मीखबर, काठमाण्डौ, 2014/03/20

चलचित्र पत्रकर संघको नयाँ नेतृत्वको लागी बिहीबार सम्पन्न निर्वाचनबाट शान्तिप्रियको अध्यक्षतामा नयाँ कार्यसमिती निर्वाचित भएको छ । शान्तिप्रिय प्रतिष्पर्धी डब्बु क्षेत्रीलाई भारी मत अन्तरले हराउँदै नयाँ कार्यसमितीको लागि अध्यक्ष पदमा विजयी भएका हुन् ।

 

संघमा आवद्ध जम्मा ६३ जना सदस्यहरुले निर्वाचनमा भाग लिएका थिए जसमा शान्तिप्रियले ४० मत ल्याए भने प्रत्यासी डब्बु क्षेत्रीले २० मत ल्याए । शान्तिप्रियले यसअघि पनि संघमा अध्यक्ष र महासचिव पद सम्हालिसकेका छन् ।
 

नवनिर्वाचित कार्यसमितीको कार्यक्रम उपाध्यक्षमा लक्ष्मण सुवेदी निर्विरोध निर्वाचित भए भने संगठन उपाध्यक्षमा बिष्णु सुबेदी बिजयी भएका छन् । त्यस्तै महासचिवमा सन्दिप सापकोटा बिजयी भए । त्यस्तै, संघको सचिव पदमा दिनेश सिटौला निर्वाचित भएका छन् । कोषाध्यक्षमा कुबेर डंगोल निर्वाचित भएका छन् ।

 

यता सदस्यहरुमा सुमन गैरे, विजय आवाज, किरण खनाल, गिता अधिकारी र नेमिष गौतम विजयी भए । नयाँ कार्यसमितीले अन्य दुई सदस्यलाई मनोनित गर्ने प्रावधान छ । नव निर्वाचित सदस्यहरूले सपथ ग्रहण गर्दै संघ र चलचित्र पत्रकारको हितमा काम  गर्ने प्रतिबद्धता जायर गरे ।

 

यस्तै पार्षद तर्फ विदूर गिरी, सन्तोष रिमाल, नवराज लम्साल, दयाराम पाण्डे, नरेश भट्टराई, कृष्ण भट्टराई, ऋषिराम कट्टेल, अनन्त वाग्ले र ध्रुब लम्साल विजयी भएका छन् । यि पार्षद सदस्यहरूले पत्रकार महासंघको चुनावमा भाग लिन पाउने छन् ।