Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तीन पत्रकारलाई सम्मान तथा पुरस्कार

फिल्मीखबर, काठमाण्डौ, 2014/03/20

चलचित्र पत्रकार संघको छैठौं बार्षिकोत्सवको अबसरमा आयोजित कार्यक्रममा अन्नपूर्ण पोष्टमा कार्यरत बरिष्ठ पत्रकार अनन्त वाग्लेलाई चलचित्र पत्रकारिता पुरस्कार २०७० बाट सम्मान गरिएको छ ।

 

 

यस्तै अन्नपूर्ण पोष्टमा कार्यरत अर्का पत्रकार अशोक प्यासी राई र शुक्रबार साप्ताहिकमा कार्यरत जयन सुब्बा मानन्धरलाई पुरस्कार सहित सम्मानित गरियो । पुरस्कृत हुने राई र सुब्बालाई नगद १५ हजार ५ सय ५५ रूपैयाँको राशि प्रदान गरिएको छ । सम्मानित र पुरस्कृत हुने पत्रकारहरूलाई बिभिन्न व्यक्ति तथा संस्थाले गिफ्ट ह्याम्पर समेत दिएका थिए ।

 

सम्मानित भएपछि पत्रकारत्रयले आगामी दिनमा अझै राम्रो काम गर्न जिम्वेवारी थपिएको बताउँदै संघलाई धन्यवाद दिए । यता संघको बार्षिकोत्सवमा फिल्मसँग सम्बन्धित बिभिन्न संघसंस्थाका प्रतिनिधिले पूरानो कार्यसमितीलाई बिगतमा राम्रा कामहरू गरेको भन्दै धन्यवाद दिए भने आउन लागेको नयाँ कार्यसमितीलाई फिल्म र पत्रकारको हितमा कार्य गर्न आग्रह गरे ।