Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`घेराबन्दी`मा मह जोडी

फिल्मीखबर, काठमाण्डौ, 2014/03/20

मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य फिल्म `घेराबन्दी`का लागि मुख्य कलाकारको रुपमा फाइनल भएका छन् । ‘हाँसिदेऊ एक फेर’ पछि मह जोडी ‘घेराबन्दी’ मा मुख्य भूमिकामा प्रस्तुत हुन लागेका हुन् ।

 

गम्भिर मुद्दामाथि निर्माण हुने यस फिल्मलाई प्रदिप भट्टराईले निर्देशन गर्दैछन् । मह संचारले उत्पादन गर्ने टेलिफिल्मका सह-निर्देशक भट्टराईले `घेराबन्दी`को सुटिङ यही चैत १७ गतेदेखि सुरु हुने जानकारी दिए । मह जोडीसँगै `घेराबन्दी`मा ‘मोक्ष’ फिल्मका कोशिश क्षेत्री, निता ढुङ्गाना, राजाराम पौडेल र कोपिला थापाले अभिनय गर्दैछन् ।

 

फिल्मलाई दोलखा र काठमाण्डौमा खिचिनेछ । झन्डै एक वर्ष लगाएर शिवम अधिकारीले `घेराबन्दी`को स्क्रिप्ट तयार गरेका हुन् । विनोद कार्कीको छायाँकन हुने फिल्ममा संगीत महेश खड्काको छ । फिल्मका लगानीकर्ता राजेन्द्र थापा हुन् ।