Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`आधी बाटो`का सविर भन्छन्, `निर्देशकले गर्दा फिल्म चल्दैन`

फिल्मीखबर, काठमाण्डौ, 2014/03/20

व्यावसयिक सफल फिल्मको जश कसले लिने ? निर्माता कि निर्देशकले ? यी जवाफमा मत बाझिएला । तर, निर्देशक सविर श्रेष्ठले भने फिल्मको व्यावसायिक सफलतामा निर्देशकको कुनै हात नहुने मत दिएका छन् ।

 

फिल्मीखबरसँगको कुराकानीमा सविरले भने, ‘निर्देशकका कारण फिल्म व्यावसायिक रुपमा सफल हुँदैन । निर्देशकले फिल्मलाई असल बनाउने हो, सफल हैन ।’ फिल्मलाई व्यावसायिक रुपमा सफल बनाउने जिम्मा निर्माताको रहेको सविरको तर्क छ ।

 

‘कस्ले चोर्यो मेरो मन’बाट फिल्म निर्देशनमा हात हालेका सविर निर्देशित हालसम्म ५ वटा फिल्म प्रदर्शनमा आइसकेका छन् । उनी निर्देशित फिल्ममध्ये ‘कसले चोर्यो मेरो मन’ र ‘काली’ले सर्वाधिक व्यापार गरे । ‘के म तिम्रो साथी’ बन्न सक्छु र ‘हमेशा’ले मध्यम र ‘ईशारा’ फिल्मले फल्पको व्यापार गर्यो । उनको डेव्यू फिल्म ‘कसले चोर्यो मेरो मन’ अवार्ड समारोहमा समेत अब्बल ठहरिएको थियो ।

 

सविरद्धारा निर्देशित छैटौं फिल्म ‘आधी बाटो’ यही चैत २१ गते अल नेपाल प्रदर्शनमा आउँदैछ । ‘आधी बाटो’ बारे सविर भन्छन्, ‘फिल्मको प्रस्तुतीकरण सरल छ । ‘आधी बाटो’लाई दर्शकले ‘कसले चोर्यो मेरो मन’ को फ्लेवरमा पाउनु हुनेछ ।’ उनले थपे, ‘यो फिल्मका हरेक पक्ष उत्कृष्ट छन् । पटकथा, संगीत र लोकेशन उत्कृष्ट छन् । कलाकारलाई फरक रुपमा प्रस्तुत गर्न खोजेको छु ।’

 

‘आधी बाटो’मा यश कुमार, जेनिशा केसी, सविन श्रेष्ठ र अनु शाहको मुख्य भूमिका छ । फिल्मलाई रमेश त्वयनाले निर्माण गरेका हुन् । ‘आधी बाटो’मा समावेश ‘मायाको डोली चढाई...’ बोलको गीत यतिबेला दर्शकको रोजाइमा परेको छ । फिल्ममा सुरेश अधिकारी र कलाकार यश कुमार समेतको संगीत छ ।

 

निर्देशक श्रेष्ठको ‘आधी बाटो’ व्यावसायिक रुपमा सफल हुन्छ या असल मात्रै ? या दुवै हुदैन ? चैत २१ सम्म प्रतिक्षा गर्रौ । सविर यतिबेला आफ्नै निर्माण तथा निर्देशन रहने फिल्म ‘तथास्तु’को प्रि-प्रोडक्सनमा व्यस्त छन् ।