Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिकामा `ऋतु`

फिल्मीखबर, काठमाण्डौ, 2014/03/19

अमेरिकाको पच्चिस शहरमा फिल्म ‘ऋतु’को शो गरिने भएको छ । फिल्म निर्माण कम्पनी प्लानेट थ्री फिल्म्स र ड्रिम २७ ले त्यहाँको मुख्य शहरमा फिल्म देखाउने व्यवस्था मिलाएको हो ।

 

अमेरिकाको बाल्टिमोर, न्यूयोर्क, टेक्सास, वोस्टर्न, वासिङटन डिसी लगायत दश शहरमा ‘ऋतु’को शो पक्का भैसकेका छन् । आउँदो अप्रिल ६ तारिखबाट यी शहरहरुमा ‘ऋतु’को शो सुरु हुनेछ । निर्माता अपिल विष्टले अमेरिकाको शोबाट करिब पन्ध्र लाख रुपैयाँ हात पर्ने अनुमान लगाए । उनका अनुसार विदेश प्रदर्शनबाट ‘ऋतु’ निर्माणमा लगाइएको पैतालिस लाख रुपैयाँ रिकभर भैसकेको छ ।

 

अपिल विष्ट, सैलु आचार्य, अशोक गौतम र सुरज प्रधानको संयुक्त लगानी रहेको यो फिल्मले अष्ट्रेलियाबाटै तीन दिनको शोबाट झन्डै ३३ लाख रुपैयाँको कलेक्सन गरेको थियो । अष्ट्रेलिया र अमेरिकासँगै बेल्जियम, जापान, हङकङ, युके, दुबई लगातयका देशमा ‘ऋतु’को शो गर्ने बारे प्रक्रिया भैरहेको अपिलल बताए ।

 

एक समय चौपट भएको विदेशी फिल्मको व्यापार पछिल्लो केही महिनादेखि नेपाली फिल्मको लागि पैसा कमाउने उचित बजार बन्दै गैरहेको छ । नेपालमा सोचे अनुरुपको व्यापार गर्न नसकेपनि फिल्म ‘ऋतु’का निर्माताहरुले विदेशी बजारबाटै फिल्म निर्माणमा लगाएको लगानी सुरक्षित गरेका छन् ।