यहि बैशाख १२ गते रिलिज हुन लागेको फिल्म 'नोभेम्बर रेन'को हल ट्रेलर रिलिज गरिएको छ । माया प्रेम, बिछोड, द्धन्द, पीडा जस्ता कुरालाई समेटेर २ मिनेटको कमर्सियल प्रोमो बनाईएको छ ।
त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म 'नोभेम्बर रेन'लाई दिनेश राउतले निर्देशन गरेका हुन् । फिल्ममा आर्यन सिग्देल, नम्रता श्रेष्ठ र छुल्ठिम गुरूङको मुख्य भूमिका छ । फिल्मका निर्माता सुवास गिरी हुन् ।

