पहिलो पटक विश्वकपसम्मको यात्रा तय गरेको नेपालले हङकङ विरुद्धको खेलमा शानदार जित हासिल गरेपछि नेपाली क्रिकेट फ्यानमा खुसीले सिमा नाघेको छ । बंगलादेशमा जारी ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट अन्र्तगत बंगलादेश विरुद्ध नेपालले आज साँझ (चैत ४ गते) खेल्ने प्रतियोगीताको सफलताको लागि नेपाली क्रिकेट फ्यान प्रार्थनामा छन् ।
.jpg)
विश्वकप क्रिकेट प्रतियोगीतामा नेपालको खेललाई टेलिभिजनमा प्रत्यक्ष हेरिरहेकी अभिनेत्री प्रियंका कार्कीलाई नेपालले खेल जित्दाको खुसीको अनुभव शब्दमा वर्णन गर्न गाह्रो पर्छ । पहिलो म्याचमै जित हासिल गरेपछि नेपाली टिमप्रति उनको 'एक्सपेक्टेशन लेभल' बढेको छ । प्रियंका भन्छिन्, ‘यस्तै प्रदर्शन जारी राखेमा नेपाल दोस्रो चरणमा पुग्न कठिन छैन ।’
प्रियंकाका प्रिय खेलाडी पारस खड्का र शरद भेषवाकर हुन् तर हङकङ विरुद्धको खेलपछि ज्ञानेन्द्र मल्ल र शक्ति गौचनको पनि उनी फ्यान भएकी छिन् । प्रियंकाको आशा छ, ‘बंगलादेश विरुद्धको खेलमा नेपालले जित हासिल गर्छ ।’
अभिनेता जीवन लुइँटेल क्रिकेटका फ्यान हुन् । घरेलु प्रतियोगीतामा समेत क्रिकेट खेल हेर्न मैदानमा देखिने जीवनले हङकङ विरुद्धको खेल हेर्न छुटााएनन् । ‘नाइ नभन्नु ल २’ का हिरोले आफ्नो फेसबुक फ्यान पेजबाट नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना व्यक्त गरेका छन् ।
नेपालले विश्वकप यात्रा तय गरेपछि भने अभिनेत्री केकी अधिकारी क्रिकेटको डाइ हार्ट फ्यान भएकी छिन् । केकी भन्छिन्, ‘म क्रिकेटको नियमित दर्शक त होइन तर नेपालको खेल भनेपछि चासो लागिहाल्छ ।’ केकीले नेपाल र हङकङ विरुद्धको खेल वर्कसपमा रहेको फिल्म ‘श्री ५ अम्बरे’को टोलीसँगै बसेर हेरिन् । उनी सम्झन्छिन्, ‘खेल सुरु हुनु भन्दा अगाडी राष्ट्रिय गीत बज्दा म त भावुक भएछु । नेपालको खेलको स्तर र जित हासिल गर्दा खुसीको सिमा नै रहेन ।’
अभिनेत्री वेनिशा हमाल क्रिकेटको डाइ हार्ट फ्यान हुन् । नेपाली कप्तान पारस खड्का वेनिशाका प्रिय क्रिकेट खेलाडी हुन् । हङकङ विरुद्ध नेपालको शानदार जितमा खुसीले गद्गद् भएकी वेनिशा बंगलादेश विरुद्धको खेल भने नेपालका लागि केही ‘टफ’ भएको अनुमान लगाउँछिन् ।

