Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.00/5.00)
Text size:-
+
-

के हो रेखा र श्यामको लफडा ? (मोबाइल म्यासेज सहित)

फिल्मीखबर, काठमाण्डौ, 2014/03/18

अभिनेत्री रेखा थापा र निर्देशक श्याम भट्टराई लफडाले फिल्म बजारमा तिव्र चर्चा पाइरहँदा फिल्मीखबरलाई उनीहरु दुवै बिच साटासाट भएको मोबाइल म्यासेज प्राप्त भएको छ । रेखा र श्यामबिच साटासाट भएको उक्त मोबाइल सन्देशले श्याम विना विवाद महेन्द्रनगरस्थित ‘हिम्मतवाली’को सुटिङ स्थल छाडेर काठमाडौं फर्किएको प्रस्ट्याउँछ ।

 

अभिनेत्री थापालाई निर्देशक भट्टराईले पठाएको मोबाइल सन्देशमा लेखिएको छ, ‘नानी बिदा भएर जानु पर्यो भनेर कल गरेको सायद तिमी विजी भएर फोन उठेन । राम्रोसँग सक्नु मेरो हार्दिक शुभकामना छ । तिम्रो पनि केही बाध्यता होला । मबाट अञ्जानमा कुनै गल्ती भए सरी । मेरो पनि करिअर छ सकभर नराम्रो भनिदिए आभारी हुन्थें ।’

 

निर्देशक भट्टराईले पठाएको म्यासेजको रिप्लाईमा अभिनेत्री थापाले अंग्रेजीमा लेखेकी छिन्, ‘ओक दाई, यु डन्ट ओरी, आइ नो एभ्रीथिङ अबाउट यू, सो आइएम ह्याड्न्लिङ डिरेक्सन पार्ट बाई माईसेल्फ, सो गोइङ वेल टु, यु क्यन गो काठमाण्डौ, देन कल मि ।’ निर्देशक भट्टराईले रेखाले पठाएको उक्त सन्देशलाई ‘ओके’ भनी रिप्लाई दिएका छन् ।

 

 

सौहार्दपूर्ण वातावरणमा सुटिङ छाडेर काठमाडौं फर्किएका निर्देशक भट्टराईले विभिन्न असन्तुष्टी राख्दै किन एकाएक प्रेस विज्ञप्ती जारी गरे ? आफु सचिव भएको नेपाल चलचित्र निर्देशक समाजमा किन अभिनेत्री थापा विरुद्ध निवेदन दर्ता गराए ? अभिनेत्री थापाले किन सुटिङ सेटबाटै निर्देशकलाई लात हानेर निकालेको भन्ने अभिव्यक्ति सार्वजनिक गरिन् ? गल्ती कस्को ? सुटिङ सेट छाडेर हिड्नेको कि हिडाउनेको ?